नेप्से ८०.९७ अंकले उकालो, परिसूचक २९७३.७० विन्दुमा
काठमाडौं साउन ७ ! शेयर बजारमा आज उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा पुगेको छ। बजार खुलेदेखि नै सकारात्मक संकेत देखिएको दिनको अन्त्यसम्ममा समग्र सूचकमा उल्लेख्य वृद्धि भएको हो।
यस्तै, सेन्सेटिभ इण्डेक्स पनि १४.४८ अंकले वृद्धि भएको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ५.५४ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६६ अंकले उकालो लागेको छ।
बजार विश्लेषकहरूका अनुसार लगानीकर्तामा पुनः विश्वास बढ्न थालेको देखिन्छ। आजको सुधारलाई निकट भविष्यको सकारात्मक संकेतको रुपमा लिने प्रयास गरिएको छ। यस क्षेत्रले अहिले सम्म कै हाई अङ्क प्राप्त गर्ने विश्लेषण गर्न थालेका छन्।










