Home अर्थ बजार हिमालयन बैंकको एफपिओ बाँडफाँट, ९ लाख २५ हजार बढीले पाए १० कित्ता...

हिमालयन बैंकको एफपिओ बाँडफाँट, ९ लाख २५ हजार बढीले पाए १० कित्ता शेयर

698
0

 

काठमाडौं  साउन १३ । हिमालयन बैंक लिमिटेडद्वारा निष्काशन गरिएको एफपिओ (Further Public Offering) को बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयर गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको थियो।

उक्त एफपिओमा कुल १८ लाख २५ हजार ९२२ जना लगानीकर्ताले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द गरिएको छ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो। गोलाप्रथामा ९ लाख २५ हजार ४६ जना लगानीकर्ताले १०–१० कित्ताका दरले शेयर पाएका छन्।

बाँडफाँटपछि बाँकी रहेका ९ कित्ता शेयर थप २० कित्ताका लागि आवेदन दिने लगानीकर्ताहरूमध्ये ९ जनालाई एक–एक कित्ताका दरले बाँडफाँट गरिएको छ। तिनले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

हिमालयन बैंकको एफपिओ बाँडफाँटपछि शेयर बजारमा यसको कारोबार कतिमा हुन्छ भन्ने कुराले लगानीकर्ताको ध्यान तान्नेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here