Home समाचार उषा काफ्लेको अध्यक्षतामा अनेम सङ्घ क्रान्तिकारी मधेश प्रदेश सम्पर्क समन्वय समितिको जिल्ला...

उषा काफ्लेको अध्यक्षतामा अनेम सङ्घ क्रान्तिकारी मधेश प्रदेश सम्पर्क समन्वय समितिको जिल्ला भेला सम्पन्न

699
0

काठमाडौं, भदौ १६ ! नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मधेश प्रदेश सम्पर्क समन्वय समितिको प्रथम जिल्ला भेला काठमाडौंको मिनभवनस्थित थाहा हलमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष उषा काफ्लेको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का महिला विभाग प्रमुख, पार्टी स्थायी समिति सदस्य तथा पूर्व मन्त्री शशि श्रेष्ठ रहनुभएको थियो। विशिष्ट अतिथिमा पूर्व राष्ट्रिय सभा उपाध्यक्ष एवम् माओवादी केन्द्रकी केन्द्रीय सदस्य शशिकला दाहाल रहनुभयो। यस्तै, अन्य अतिथिहरूमा श्रीकृष्ण अधिकारी (विवेक), शिवराम यादव, घनश्याम प्रसाद रजक, प्रतिमा गहतराज, विजय ढकाल, सुनैना सिंहलगायत प्रदेश सम्पर्क समन्वय समितिका इन्चार्ज तथा जिल्ला सम्पर्क समितिका पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

अध्यक्ष उषा काफ्लेले आफूले अध्यक्षको जिम्मेवारी पाएको छोटो समयमा नै आठै जिल्लामा संगठन विस्तार गरेर प्रतिनिधि तयार पार्न सफल भएको बताइन्। महिलाको हकहितका लागि डटेर लड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मधेशका महिलाहरूलाई अझै संगठित गर्नुपर्ने आवश्यकता औंल्याइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शशि श्रेष्ठले मधेशका महिलाको उत्साहपूर्ण सहभागिताले आफूलाई खुशी बनाएको बताइन्। उनले महिलाहरूले आफ्ना हकअधिकारका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, शशिकला दाहालले मधेशका महिलाको सक्रियता र सहभागिताले आफूलाई आशावादी बनाएको उल्लेख गरिन्। उनले भनेकी थिइन् —

“अखिल नेपाल महिला सङ्घको आगामी राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै प्रतिनिधि चयन र समिति गठन गर्ने उद्देश्यले यो कार्यक्रम तात्तातातै भए पनि सहभागी संख्या उल्लेख्य हुनु सकारात्मक पक्ष हो। काठमाडौंमा हुने आन्दोलन, महिला हिंसाविरुद्धका कार्यक्रम र आगामी निर्वाचनमा पनि महिलाले ठूलो भूमिका निर्वाह गर्नेछन् भन्नेमा म विश्वस्त छु।”

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here