काठमाडौं ! काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीहरूले गत तीन महिनादेखि तलब नपाएको विषयमा मेयर बालेन शाहले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले चेतावनीपूर्ण शैलीमा भनेका छन्, “सरकारको दम्भका कारण हाम्रो कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्। अबको एक हप्ताभित्र तलब उपलब्ध नगराइए गम्भीर कदम चाल्न बाध्य हुनेछौँ।”
उनले थप चेतावनी दिँदै भनेका छन्, “को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। तर, यदि हप्ताभित्र तलब आएन भने हाम्रा कर्मचारीले सबैलाई टुकुचामा गाडिदिनेछन्। त्यसपछि तपाईंहरूको तन्त्र पनि हेरौँला।”
बालेन शाहले कर्मचारीहरूको जायज हक र तलबको विषयमा सरकारले चाँडो समाधान निकाल्नुपर्ने माग गर्दै तत्काल कदम नचालिए कठोर आन्दोलन गर्ने संकेत दिएका छन्।










