Home मुख्य काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माको कुलमान घिसिङको बर्खास्तीप्रति विरोध

काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माको कुलमान घिसिङको बर्खास्तीप्रति विरोध

276
0

काठमाडौं। काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले सरकारको कुलमान घिसिङको बर्खास्तीको निर्णयको कडा आलोचना गरेका छन्। उनले स्पष्ट रूपमा भने, “कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेसका पदाधिकारी तहमा कुनै सहमति थिएन।” उनले थपे, “आन्तरिक र सार्वजनिक रूपमा समेत घिसिङलाई बाँकी पदावधि पूरा गर्न पाउनु पर्ने कुरा उठाइएको थियो।”

शर्माले सरकारको निर्णयलाई समयोचित नभएको भन्दै भने, “यदि कुनै कार्वाही योग्य कुरा थियो भने, त्यो पछि पनि गर्न सकिन्थ्यो। तर सरकारले यस निर्णयलाई एकदमै गलत समय र परिस्थितिमा लिएको छ,” उनले प्रस्ट पारे।

काँग्रेस महामन्त्रीले असन्तुष्टिहरूलाई निराशामा परिणत गर्ने र प्रतिगमनको खेती गर्नेहरूलाई उत्साहित गर्ने कदम उठाएको भन्दै सरकारको निर्णयको आलोचना गरे। “यस निर्णयले केवल नकरात्मक असर पार्नेछ र हामी यसप्रति खुला र स्पष्ट विमति राख्छौं,” उनले थपे।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here