Home मुख्य तीनकुने घटनामा दोषी उम्कनु हुँदैन : कांग्रेस सभापति देउवा

तीनकुने घटनामा दोषी उम्कनु हुँदैन : कांग्रेस सभापति देउवा

322
0

पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्दै निष्पक्ष छानबिनको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनामा कुनै पनि हालतमा दोषीलाई उम्कन  नदिन आग्रह गरेका छन्। तीनकुनेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसँग आइतबार भेट गर्दै देउवाले पीडित पक्षलाई न्याय दिन र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सभापति देउवाले भने, “जो–कोही भए पनि, घटनामा संलग्न दोषीलाई छाड्न हुन्न। सरकारले गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ।”

उनले रजकको योगदानको स्मरण गर्दै घटनाले पत्रकारिता क्षेत्रमै त्रास सिर्जना भएको  पनि उल्लेख गरेका छन्।

तीनकुनेमा भएको झडपको क्रममा सुरेश रजकको मृत्यु भएको थियो भने केही अन्य घाइते भएका थिए। प्रारम्भिक विवरण अनुसार, घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले उच्चस्तरीय समिति गठन गरिसकेको छ।

यसबीच, विभिन्न पत्रकार संघसंस्थाहरूले पनि दोषी पहिचान गरी कारबाहीको माग गर्दै सरकारलाई दबाब दिइरहेका छन्।

#तीनकुने_घटना#शेरबहादुर_देउवा#नेपाली_कांग्रेस#पत्रकार_सुरेश_रजक#न्यायको_माग#राजनीतिक_प्रतिक्रिया#हिंसात्मक_घटना#नेपाल_समाचार#प्रेस_स्वतन्त्रता#छानबिन_आयोग

 

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here