Home समाचार झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

295
0

झापा वैशाख १७! झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–१० का ६८ वर्षीय टंक प्रसाद बरालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मोटरसाइकलमा सवार बराललाई आज बिहान पूर्व–पश्चिम राजमार्गको चारआली क्षेत्रमा ट्रकले ठक्कर दिएको थियो। दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here