Home अर्थ बजार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

635
0
????????????????????????????????????

काठमाडौं वैशाख १७! नेपाल आयल निगमले आज राती १२ बजे देखि पेट्रोलियम पदार्थहरूको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटेर काठमाडौंमा १५८ रुपैयाँ कायम गरिएको छ। डिजेल र मट्टितेलको मूल्य भने १ रुपैयाँ घटाएर क्रमशः १४५ रुपैयाँ कायम गरिएको छ।

यस्तै, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलो लिटर २९ अमेरिकी डलरले मूल्य घटाइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here