Home अर्थ बजार नागढुंगा सुरुङमार्ग सञ्चालनको टेन्डर अन्तिम चरणमा

नागढुंगा सुरुङमार्ग सञ्चालनको टेन्डर अन्तिम चरणमा

214
0

काठमाडौं पुस १० ! वार्षिक करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको नागढुंगा सुरुङमार्गको सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र (टेन्डर) प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सम्बन्धित निकायका अनुसार सुरुङमार्गको नियमित सञ्चालन, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन, प्रकाश तथा भेन्टिलेसन प्रणाली सञ्चालनलगायत कार्यहरूका लागि निजी क्षेत्रलाई जिम्मा दिने तयारी अन्तिम चरणमा पुगेको हो। टेन्डर प्रक्रियामा सहभागी कम्पनीहरूको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन भइसकेको र छिट्टै सफल कम्पनी छनोट गरिने जनाइएको छ।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ–धादिङ खण्डको यात्रामा लाग्ने समय उल्लेख्य रूपमा घट्ने, सवारी आवागमन सहज हुने र सडक दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ। यसले काठमाडौँ उपत्यकाबाट पश्चिम नेपालतर्फको यातायातलाई थप सुरक्षित, छरितो र भरपर्दो बनाउने विश्वास लिइएको छ।

सरकारले रणनीतिक महत्वको यो पूर्वाधार परियोजनाको दीगो सञ्चालन सुनिश्चित गर्न दीर्घकालीन सोचका साथ निजी क्षेत्रसँग सहकार्य गर्न लागेको जनाएको छ। टेन्डर टुंगिएसँगै सुरुङमार्गको व्यावसायिक सञ्चालनले गति लिने अपेक्षा गरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here