काठमाडौं पुस १० ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच कुपण्डोलमा अहिले भेटवार्ता सुरु भएको छ।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार काठमाडौँको कुपन्डोलस्थित स्थानमा दुवै नेताबीच वान–टु–वान (एकल) वार्ता जारी छ।
भेटवार्तामा समसामयिक राजनीतिक विषय, स्थानीय शासन तथा सहकार्यका सम्भावनाबारे छलफल भइरहेको बताइएको छ। वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।










