Home खेलकुद जारी टि-२० क्रिकेटमा भारतको घरेलु मैदानमा अष्ट्रेलियाको जीत

जारी टि-२० क्रिकेटमा भारतको घरेलु मैदानमा अष्ट्रेलियाको जीत

231
0

असोज ५ काठमाडौं ! गएराति भएको T-20  क्रिकेट अष्ट्रेलियाले जितेको छ । भारतको घरेलु मैदानमा उत्रेको अष्ट्रेलियाले ४ विकेटले जीत हासिल गरेको हो ।

भारतले दिएको २०९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा पुरा गरेकाे थियाे। अष्ट्रेलियाका क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै म्याथ्यु वेडले अविजित ४५ रन बनाए । भारतका अक्षर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिएका थिए ।

जितसँगै ३ खेलको टी–२० श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । आपसी टि-२० काे अर्को खेल शुक्रवार र अन्तिम खेल आईतवार हुनेछ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here