काठमाण्डौ ! नेपालमा फेरि लोडसेडिङको सम्भावना बढेसँगै उर्जा क्षेत्रमा पुरानै दोहोरी दोहोरिने संकेत देखिएको छ। उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुन सक्ने बताएका छन्, जसले सर्वसाधारणमा २०६८-७२ को लोडसेडिङ युग को स्मरण गराएको छ।
एक समय नेपालमा दैनिक १२–१८ घण्टासम्म लोडसेडिङ हुँदा जनजीवन कष्टकर बनेको थियो। त्यही बेला नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ ले लोडसेडिङ अन्त्य गर्ने ऐतिहासिक सफलता हासिल गरेका थिए।तर अहिले उर्जा मन्त्रीले फेरि लोडसेडिङको चेतावनी दिएपछि सामाजिक सञ्जालमा “मन्त्रीले तालिका निकाल्छन्, कुलमानले हटाउँछन्” भन्ने व्यंग्यपूर्ण टिप्पणीहरू हुन थालेका छन्।
के कारणले फेरि लोडसेडिङको खतरा?
मन्त्री खड्काका अनुसार—
अहिले पनि भारतबाट ८३० मेगावाट विद्युत आयात भइरहेको छ।
स्वदेशी उत्पादन करिब १ हजार मेगावाट मात्र छ।
विद्युत माग अत्यधिक वृद्धि भएकाले आपूर्ति दबाबमा छ।
नेपाल विद्युत प्राधिकरणले भने जलविद्युत् उत्पादनमा गिरावट र मागमा भएको असामान्य वृद्धि मुख्य समस्या रहेको बताएको छ।
कुलमान घिसिङको भूमिका फेरि महत्वपूर्ण?
विद्युत प्राधिकरणका वर्तमान प्रमुख कुलमान घिसिङ लाई लोडसेडिङ अन्त्यको अभियन्ता मानिन्छ। यसअघि उनले म्यानिजमेन्ट सुधार, लोड म्यानेजमेन्ट र प्राविधिक चुहावट नियन्त्रण गरेर लोडसेडिङ हटाएका थिए।
अहिले फेरि लोडसेडिङको संकेत देखिएपछि सर्वसाधारणको अपेक्षा गरिएको छ। कुलमान घिसिङ पुनः यो चुनौतीको समाधान गर्छन्।
सरकारले तत्काल समस्या समाधानका लागि भारतबाट आयात बढाउने प्रयास गरिरहेको छ भने दीर्घकालीन रूपमा जलाशययुक्त परियोजनाहरूमा लगानी बढाउने योजना अगाडि बढाइएको छ।










