Home मुख्य एसईई परीक्षा मङ्गलबारदेखि सम्पन्न, नतिजा कहिले सार्वजनिक होला?

एसईई परीक्षा मङ्गलबारदेखि सम्पन्न, नतिजा कहिले सार्वजनिक होला?

164
0

काठमाडौं! माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्रमा चैत ७ गतेदेखि सुरु भएको परीक्षा मंगलबार सम्पन्न भएको हो।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षा मर्यादित रूपमा सम्पन्न भए पनि अनुशासन उल्लङ्घन गर्ने केही निरीक्षकलाई निष्कासित गरिएको छ।

यस वर्षको एसईईमा ५,१४,०७१ परीक्षार्थी सहभागी भएका थिए। काठमाडौंमा सबैभन्दा धेरै ३९,६०० जना परीक्षार्थी रहेकामा मनाङमा मात्र ४३ जना परीक्षार्थी सहभागी भएका थिए। विदेशमा जापानस्थित एक परीक्षा केन्द्रमा २९ जनाले परीक्षा दिएका छन्। साथै, केन्द्रीय कारागार काठमाडौं, दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट पनि परीक्षार्थी सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ। परीक्षामा न्यूनतम ३५ अंकभन्दा कम प्राप्त गर्ने परीक्षार्थी अनुत्तीर्ण भएको मानिनेछन्।

गत वर्ष अर्थात् वि.सं. २०८० को एसईई परीक्षामा ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए। यस वर्ष भने उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here