Home अर्थ बजार भाटभटेनी सुपरमार्केटद्वारा बहादुर सुरक्षा गार्ड पुरस्कृत

भाटभटेनी सुपरमार्केटद्वारा बहादुर सुरक्षा गार्ड पुरस्कृत

286
0

काठमाडौं  ! भाटभटेनी सुपरमार्केटले आफ्नो सुरक्षामा खटिएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई बहादुरी प्रदर्शन गरेको कदरस्वरूप सम्मान प्रदान गरेको छ। गत चैत १५ गते भएको घटनामा पराजुलीले देखाएको साहस र कर्तव्यनिष्ठता मूल्यांकन गर्दै सुपरमार्केट प्रशासनले उनलाई नगद पुरस्कार र बढुवाको सम्मान दिएको हो।

एक विशेष समारोहबीच आज पराजुलीलाई पाँच लाख रुपैयाँ नगद पुरस्कारका साथै पाँच ग्रेड बढुवा प्रदान गरिएको छ। कार्यक्रमका दौरान भाटभटेनी सुपरमार्केटका उच्च अधिकारीहरूले पराजुलीको साहसको प्रशंसा गर्दै सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्नका लागि यस्ता कदम आवश्यक रहेको बताएका थिए।

पराजुलीले आफूले आफ्नो कर्तव्य निर्वाह गरेको मात्र बताएका छन्। उनले भाटभटेनी सुपरमार्केट प्रशासन तथा सहकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि आफ्नो जिम्मेवारीप्रति इमानदार रहने प्रतिबद्धता व्यक्त गरे।

भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारीहरूको योगदानको उच्च मूल्यांकन गर्दै यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here