काठमाडौं ! प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा आफ्नो समकक्षी यिंगलक शिनावातसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतका अधिकारीहरू सहभागी भएका थिए।
थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीलाई शिनावातले स्वागत गरेकी थिइन्। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई देशबीचका गैरसरकारी तथा व्यावसायिक संस्थाहरूबीच छ वटा सहमतिपत्र आदानप्रदान हुने अपेक्षा गरिएको छ।
भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावातले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्। साथै, प्रधानमन्त्री ओलीले आजै थाई नरेश महा बजिरालोङकर्नसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ
।










