बाँके ! नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरु गरिएको छ। नेपालगन्जबाट प्रारम्भ भएको यो अभियान पार्टीको संगठन विस्तार, जनसहभागिता अभिवृद्धि, तथा समसामयिक राजनीतिक विषयमा जनचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ।
माओवादी केन्द्रले यस अभियानलाई तराई-मधेसका केन्द्रित स्थानमा योजना बनाएको छ। पार्टीले यस अभियानलाई जनताको प्रत्यक्ष सहभागिताका लागि अवसरका रूपमा लिएको छ।
प्रचण्ड नेतृत्वको यो अभियान तराई-मधेस क्षेत्रमा पार्टीको पकड मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।










