Home समाचार प्रहरी जवानको नक्कली परीक्षार्थीको रूपमा पक्राउ परे अनेरास्ववियु निकट अस्कलका स्ववियु सचिव

प्रहरी जवानको नक्कली परीक्षार्थीको रूपमा पक्राउ परे अनेरास्ववियु निकट अस्कलका स्ववियु सचिव

409
0

काठमाडौँ बैशाख ८ ! नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुबाट उमेदवारी दिई स्ववियु सचिब जितेका गोपालबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी हुँदै गरेका अस्कल (अमृत साइन्स क्याम्पस) का स्ववियु सचिव शाही पक्राउ परेका हुन् l 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट शाहीलाई रंगेहात पक्राउ गरिएको हो। उनी कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–७ निवासी हुन् र हाल काठमाडौँको लैनचौरमा बसोबास गर्दै आएका छन्। उनी सहित अनेरास्ववियुबाट प्यानल नै बिजयी भएको थियो l

प्रहरीका अनुसार शाही अरू व्यक्तिको नाममा परीक्षा दिइरहेका थिए। उनीसँगै ६ जना नक्कली परीक्षार्थीहरू समेत पक्राउ परेका छन्। तीमध्ये कोही महिलासमेत छन्।

पक्राउ परेकाहरूको विवरण:

अभिषेक शाही, रित शाहीको नाममा

ईशाक तामाङ, हिक्मतबहादुर थापाको नाममा

तृप्ती सुन्दास, शर्मिला शाहीको नाममा

पारस बुढा, रोशन खत्रीको नाममा

रविन्द्र महरा, सविन महराको नाममा

दिनेश चन्द, प्रदीप बस्यालको नाममा

प्रहरीका अनुसार उनीहरू सबैलाई काठमाडौँका विभिन्न परीक्षा केन्द्रहरूबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तो कार्यले सार्वजनिक सेवा आयोगप्रतिको विश्वासमा ठेस पुर्‍याउने भन्दै प्रहरीले नक्कली परीक्षार्थीहरूको जालो तोड्न सतर्कता बढाएको बताइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here