Home मुख्य बढुवा भएका निरीक्षकहरू दर्ज्यानी चिन्हले सम्मानित, IGP थापाबाट उच्च मनोबलका साथ कार्य...

बढुवा भएका निरीक्षकहरू दर्ज्यानी चिन्हले सम्मानित, IGP थापाबाट उच्च मनोबलका साथ कार्य गर्न निर्देशन

287
0

काठमाडौं, वैशाख ११ – नेपाल सरकार गृह मन्त्रालयको वैशाख ९ गतेको सचिवस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जना मध्ये ६० जना निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा प्रदान गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (IGP) दिपक थापाले नवपदोन्नत निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै IGP थापाले पदोन्नति प्राप्त गरेका अधिकृतहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनप्रतिको जिम्मेवारी अझ गहिरो र जिम्मेवारपूर्ण बनेको स्मरण गराउनुभयो।

उहाँले नवपदोन्नत अधिकृतहरूलाई संगठनको मर्यादा, अनुशासन र सेवा भावप्रति समर्पित भई उच्च मनोबल तथा सामूहिक भावनाका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।

नेपाल प्रहरीले यो समारोहलाई प्रहरी संगठनभित्र निरन्तरता पाएको प्रोत्साहन र अनुशासनको प्रतीकका रूपमा लिएको जनाएको छ ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here