Home मुख्य सरकारको विषयमा देउवाको स्पष्ट सन्देश : अहिले कुनै विकल्प खोजिएको छैन

सरकारको विषयमा देउवाको स्पष्ट सन्देश : अहिले कुनै विकल्प खोजिएको छैन

259
0
काठमाडौँ, २ असार गैरआवसीय नेपाली संघले बिहीबार काठमाडौँमा आयोजना गरेको 'नागरिकता , मताधिकार, लगानी तथा वैदेशिक रोजगार गोष्ठी'मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं, वैशाख १२ ! नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार परिवर्तनको अड्कलबाजीलाई चिर्दै वर्तमान सत्ता समीकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। थाइल्याण्ड भ्रमण सकेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै देउवाले भने, “अहिले कुनै विकल्प खोजिएको छैन, केही भएको छैन।”

उनको यो अभिव्यक्तिले सत्ता परिवर्तनको चर्चा केही समयका लागि स्थगित हुने संकेत देखिएको छ। पछिल्लो समय नेपाली राजनीतिमा वैकल्पिक सत्ता गठनबारे व्यापक अड्कलबाजी भइरहँदा देउवाले यथास्थितिको पक्षमा उभिएको सन्देश दिएका हुन्।

ओलीको “ढुकढुकी” अब शान्त

नेपाली कांग्रेसको कुनै ठोस पहलको अभावले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चहलपहलमा पनि कमी आएको देखिन्थ्यो ।पछिल्ला केही दिनदेखि सत्ता समीकरण फेरबदलको सम्भावनाले ओली पक्ष सक्रिय देखिएको थियो। विश्लेषकहरू भन्छन्, “ओलीको ढुकढुकी बढी चलेको थियो, तर देउवाको अभिव्यक्तिपछि अब शान्त भएको छ।”

खड्काको अभिव्यक्तिले चुलिएको अवस्था अब सम्हालिएको देखिन्छ

यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दिएको केही ‘उत्तेजक’ अभिव्यक्तिले सरकारको भविष्य अन्योलमा पर्ने आशंका गरिएको थियो। खड्काको भनाइलाई सत्तारूढ गठबन्धनप्रति दबाबको रणनीति भनेर पनि हेरिएको थियो। तर, सभापति देउवाको संयमित अभिव्यक्तिले पार्टीको आधिकारिक धारणा सत्ता परिवर्तन होइन भन्ने संकेत दिएको छ।

थाइल्याण्ड भ्रमण र पछिल्लो सन्देश

देउवा केही दिनको लागि स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका थिए। स्वदेश फर्किएलगत्तै उनले सरकारबारे सञ्चारकर्मीको जिज्ञासामा छोटो तर स्पष्ट उत्तर दिए। यसले कांग्रेस अहिले ‘वेट एण्ड वाच’ रणनीतिमा रहेको पुष्टि गरेको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here