काठमाडौँ, वैशाख १३ ! नेपाली राष्ट्रिय क्रिकेट टोलीका नव नियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्। अस्ट्रेलियन प्रशिक्षक ल आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल आएका हुन्।
त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए। लले नेपाली क्रिकेटमा अनुभव, रणनीति र प्रशिक्षण क्षमताका हिसाबले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले केही हप्ता अघि उनलाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो। लकाे प्रशिक्षणमा नेपाली टोलीले आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ।
स्टुअर्ट ल अष्ट्रेलियन पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन्। उनी प्रशिक्षकको भूमिकामा अष्ट्रेलिया, बंगलादेश, श्रीलंका लगायत देशका राष्ट्रिय तथा फ्रेन्चाइज टोलीसँग काम गरिसकेका अनुभवी व्यक्तित्व हुन्।










