Home मुख्य ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइँदै

३२औं विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइँदै

408
0

काठमाडौं वैशाख २० ! ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालसहित विश्वभर विविध कार्यक्रममार्फत मनाइँदैछ। यो दिवस हरेक वर्ष मे ३ तारिखमा मनाइन्छ। सन् १९९१ मा नामिवियाको विन्डहकमा आयोजित अफ्रिकी पत्रकार सम्मेलनबाट जारी गरिएको घोषणापत्रको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो।

यस वर्ष २०२५ को लागि युनेस्कोले “Time to put AI on the social agenda” भन्ने नारा तय गरेको छ। यसले पत्रकारिता क्षेत्रमा तीव्र रूपमा प्रवेश गर्दै गएको कृत्रिम बौद्धिकता (AI) लाई सामाजिक सरोकारका मुद्दाका रूपमा उठाउनुपर्ने आवश्यकतालाई औंल्याएको छ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाका अनुसार कम्प्युटर-आधारित रिपोर्टिङ्गमा निर्भरता बढेसँगै पत्रकारिताको मौलिकता र आत्मा कमजोर हुने खतरा बढ्दो छ। यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रताको संरक्षण र अभ्यासमा सञ्चार क्षेत्र निर्भीकताका साथ लागिरहने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत फैलन सक्ने भ्रमपूर्ण सूचनाले नागरिकलाई भ्रममा पार्न सक्ने र समग्र प्रणालीलाई चुनौती दिन सक्ने उल्लेख गर्नुभयो।

दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको वातावरण सुदृढ गर्नुपर्ने माग गर्दै प्रभात फेरीको आयोजना गरेको छ। देशभर विविध कार्यक्रम, छलफल र अन्तरक्रियामार्फत दिवस मनाइँदैछ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here