Home मुख्य पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, नयाँ दर आज रातिदेखि लागू

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, नयाँ दर आज रातिदेखि लागू

167
0
????????????????????????????????????

 

काठमाडौं, असार २ ! नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगम सञ्चालक समितिको सोमबारको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरिएको हो।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य दर सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि तथा समायोजन आवश्यकताका कारण मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ। मूल्यवृद्धिले उपभोक्तामा थप आर्थिक बोझ पर्ने देखिन्छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here