Home मुख्य बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, दुम्कीवासको वैकल्पिक मार्गमा खोलाले कटान

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, दुम्कीवासको वैकल्पिक मार्गमा खोलाले कटान

222
0

नवलपरासी (बर्दघाट सुस्तापूर्व), असार १५ ! बुटवल–नारायणगढ महत्त्वपूर्ण सडक खण्ड अन्तर्गत नवलपरासीको दुम्कीवास क्षेत्रमा पर्ने वैकल्पिक मार्ग बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। अविरल वर्षापछि सो क्षेत्रको खोलामा एक्कासि बाढी आएपछि सडक कटान भएको र सवारी आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय प्रशासनका अनुसार वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको उक्त सडकखण्डमा सवारीसाधन फसेका छन् भने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। मुख्य राजमार्गअन्तर्गत मर्मत भइरहेकाले वैकल्पिक बाटोको प्रयोग भइरहेको थियो।

यात्रुहरू समस्यामा

बुटवल–नारायणगढ सडक नेपालको प्रमुख पूर्व–पश्चिम यातायात र व्यापारिक मार्ग हो। सो सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी, मालवाहक गाडी तथा एम्बुलेन्ससमेत प्रभावित भएका छन्।

यातायात व्यवसायीहरूले तत्काल सडक खुलाउने पहल गर्न सरकारसँग माग गरेका छन्। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।

विकल्प नखुलेसम्म यात्रुहरूलाई धैर्य राख्न आग्रह

प्रहरी र स्थानीय प्रशासनले अत्यावश्यक बाहेक यात्रामा ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन्। वैकल्पिक वैकल्पिक मार्ग खोज्ने प्रयास भइरहेकाले स्थितिमा सुधार भएपछिमात्र जानकारी गराउने जनाइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here