म्याड्रिड, असार १५ ! नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको भ्रमणका लागि म्याड्रिड पुगेका छन्। म्याड्रिडस्थित स्पेनका लागि नेपाली राजदुत शनिल नेपाल, दुतावास पदाधिकारी टोलीले उनलाई विमानस्थलमा भव्य स्वागत गरेका छन्।
म्याड्रिडमा अवतरण गरेलगत्तै सामाजिक सञ्जालमार्फत संक्षिप्त सन्देश दिंदै ओलीले लेखेका छन्, “Hello Madrid! नेपाली दूतावास टोलीबाट आत्मीय स्वागत पाउँदा खुशी लागेको छ। म स्पेनमा करिब एक हप्ता बिताउनेछु। अबको गन्तव्य: सिविल्ला।”
पूर्वप्रधानमन्त्री ओलीको यो भ्रमणलाई सांस्कृतिक तथा कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। भ्रमण अवधिभर उनले स्थानीय नेपाली समुदायसँग भेटघाट गर्ने, विभिन्न कार्यक्रमहरूमा सहभागी हुने र स्पेनी पक्षसँग मैत्रीपूर्ण संवाद गर्ने कार्यक्रम रहेको बताइएको छ।










