Home मुख्य मकवानपुरमा १,७७० ट्रामाडोल क्याप्सुलसहित तीन जना पक्राउ

मकवानपुरमा १,७७० ट्रामाडोल क्याप्सुलसहित तीन जना पक्राउ

182
0

मकवानपुर, हेटौंडा – लागूऔषध नियन्त्रण अभियानअन्तर्गत मकवानपुर प्रहरीले ठूलो मात्रामा ट्रामाडोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकै गस्ती गर्ने क्रममा ना. ३८ प ३१८५ नम्बरको मोटरसाइकल र ना. २१ प १७१ नम्बरको स्कुटर रोकेर जाँच गर्दा १,७७० क्याप्सुल ट्रामाडोल फेला पारेको हो।

पक्राउ पर्नेहरुमा

हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ,

भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा–९ मा डेरा लिई बस्ने २६ वर्षीय कैलाश थापा मगर,

हेटौंडा–१३ का ४० वर्षीय सोम स्याङ्तान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार उनीहरूको साथबाट बरामद लागूऔषध ट्रामाडोल नियन्त्रणमा लिइएको छ र आवश्यक अनुसन्धान भइरहेको छ।

प्रहरीले पछिल्लो समय औद्योगिक क्षेत्र तथा शहर क्षेत्रमा लागूऔषध कारोबार बढेको भन्दै निगरानी र चेकजाँच कडा बनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई लागूऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here