मंसिर २४ गते ! आज डिसेम्बर १० बाट लागू हुने गरी अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने कानुनी व्यवस्था लागू गरेको हो। यस प्रकारको कानुन कार्यान्वयन गर्ने अस्ट्रेलिया विश्वकै पहिलो राष्ट्र बनेको छ।
कानुन लागू भएसँगै बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षित डिजिटल वातावरण सुनिश्चित हुने आशा गरिएको छ। अभिभावकहरूले यस निर्णयको स्वागत गर्दै खुशी व्यक्त गरेका छन्। तर, आगामी दिनमा यस कानुनको प्रभावकारी कार्यान्वयन, निगरानी र नियमन कसरी गरिन्छ भन्ने विषयमा चासोसमेत बढेको छ।










