काठमाडौं पुस १ ! काठमाडौं र ललितपुरका पाँच फरक स्थानमा सोमबार दिउँसो चोरीका घटना भएका छन्। प्रहरीका अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानबाट नगद तथा सुन–चाँदीका गरगहना चोरी भएका हुन्।
काठमाडौंको तारकेश्वर नगरपालिका–११, तारकेश्वर–२ र काठमाडौं महानगरपालिका–१५ का डेरामा चोरी हुँदा करिब १३ लाख रुपैयाँभन्दा बढीको धनमाल हराएको छ। त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–१ का दुई डेराबाट झण्डै ४४ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
सबै घटना दिउँसोको समयमा भएको र हालसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।










