Home समाचार सिड्नी गोलीकाण्डका ‘रियल हिरो’ अहमेदसँग प्रधानमन्त्री अल्बनीजिको भेट

सिड्नी गोलीकाण्डका ‘रियल हिरो’ अहमेदसँग प्रधानमन्त्री अल्बनीजिको भेट

194
0

दीपेन्द्र श्रेष्ठ

सिड्नी अस्ट्रेलिया पुस १ ! सिड्नीमा भएको भीषण गोलीकाण्डका क्रममा बन्दुकधारीबाट हतियार खोसेर दर्जनौँको ज्यान जोगाएका अहमेद एआई अहमेदलाई अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजिले भेट गरेका छन्। अस्पतालमा उपचाररत अहमेदलाई भेट्दै प्रधानमन्त्री अल्बनीजिले उनको अदम्य साहस र मानवतापूर्ण कार्यको खुलेर प्रशंसा गरे।

बोण्डाई क्षेत्रमा जुईस समुदायको पर्व ‘हानिका’ मनाइरहेका बेला बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै ४२ जना घाइते भएका थिए। उक्त घटनाका क्रममा अहमेदले दुईमध्ये एक बन्दुकधारी साजिद अक्रमको हातबाट बन्दुक खोसेर ठूलो मानवीय क्षति हुनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

प्रधानमन्त्री अल्बनीजिले अहमेदको साहसिक कदमले धेरै निर्दोष मानिसको ज्यान जोगिएको उल्लेख गर्दै भने, “अस्ट्रेलियाली जनताको तर्फबाट धन्यवाद दिन म यहाँ आएको हुँ।”

तीनवटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको र अहमेदको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्। उनी छिट्टै अस्पतालबाट डिस्चार्ज हुने अपेक्षा गरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here