Home मुख्य जेन्जी आन्दोलनबाट बहिष्कृत ओलीको एमालेमा तेस्रो पटक पुनरागमन

जेन्जी आन्दोलनबाट बहिष्कृत ओलीको एमालेमा तेस्रो पटक पुनरागमन

189
0

काठमाडौँ पुस  २ । काठमाडौंको भृकुटी मण्डपमा जारी एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली नेकपा (एमाले) को अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका छन्। २,२२७ मत खसेको निर्वाचनमा उनले १,६६२ मत प्राप्त गरे जुन करिब ७४.६ प्रतिशत हुन्छ। जेन्जी आन्दोलनबाट बहिष्कृत ओली पुनरागमनले अब राजनीतिक झनै उत्तेजित हुने देखिएको छ । यो परिणामले पार्टीभित्र ओलीको संगठनात्मक पकड अझै बलियो रहेको स्पष्ट संकेत गरेको छ।

पृष्ठभूमि

ओली पहिलो पटक २०७१ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अध्यक्ष बनेका थिए। त्यसपछि २०७४ सालमा पुनः अध्यक्ष निर्वाचित भए र अहिले तेस्रो कार्यकाल सम्हाल्न सफल भएका छन्। निरन्तर तीन कार्यकाल नेतृत्वमा रहनु नेपाली कम्युनिस्ट राजनीतिमा दुर्लभ मानिन्छ।

तर ओलीको राजनीतिक यात्रामा विवाद र विरोधका अध्याय पनि उत्तिकै चर्चित छन्। ‘जे जी आन्दोलन’ का क्रममा जनताबाट निर्वाचित संस्थामार्फत बलियो बहुमत हुँदाहुँदै समेत तत्कालीन सरकारमाथि चर्को दबाब सिर्जना भएपछि उनी हेलिकप्टर चढेर बालुवाटार छाड्न बाध्य भएको घटनालाई उनका आलोचकहरूले अझै स्मरण गरिरहेका छन्। सोही कारण ओलीको नेतृत्व क्षमता र जनसमर्थनबारे प्रश्न उठ्ने गरेको छ।

आन्तरिक मत परिणामले के देखायो ?

एमालेको ११ औं महाधिवेशनको अन्तिम नतिजा :

अध्यक्ष (१)

• केपी शर्मा ओली : १६६३ (विजयी)

• ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)

• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)

• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)

• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)

• गोकर्ण राज विष्ट : १३६८ (विजयी)

• रघुजी पन्त : १२५८(विजयी)

अन्य उम्मेदवार:

• बिन्दा पाण्डे : ९२१

• परशुराम मेघी गुरुङ : ४६१

• अरुण नेपाल : ४३९

• टंक प्रसाद कार्की : ३५८

• भीमप्रसाद आचार्य : २६५

महासचिव (१)

• शंकर पोखरेल : १२२८ (विजयी)

• सुरेन्द्र प्रसाद पाण्डे : ९९९

उपमहासचिव (३)

• लेखराज भट्ट : १४५२ (विजयी)

• रघुवीर महासेठ : १३६८ (विजयी)

• योगेश भट्टराई : १३४८ (विजयी)

अन्य उम्मेदवार:

• विष्णु प्रसाद रिमाल : १०९१

• आनन्द प्रसाद पोखरेल : ६३५

• वैजनाथ चौधरी : ५१७

• राजेन्द्र प्रसाद गौतम : २७०

सचिव (९)

• महेश बस्नेत : १५४४ (विजयी)

• पद्मा कुमारी अर्याल : १५३० (विजयी)

• छविलाल विश्वकर्मा : १५०६ (विजयी)

• शेरधन राई : १५०३ (विजयी)

• खगराज अधिकारी : १२३१ (विजयी)

• हिक्मत कुमार कार्की : १३३७ (विजयी)

• यमलाल कँडेल : ११८५ (विजयी)

• राजन भट्टराई : ११८१ (विजयी)

• भानुभक्त ढकाल : ११०८ (विजयी)

अन्य उम्मेदवार:

• गोकुल प्रसाद बास्कोटा : १०३०

• ठाकुर प्रसाद गैरे : ८८३

• रचना खड्का : ८७७

• कर्णबहादुर थापा : ८४७

• अग्नि प्रसाद खरेल : ७१६

• विनोद प्रसाद ढकाल : ६८४

• कृष्ण गोपाल श्रेष्ठ : ६२५

• पेम्बा लामा : ४९३

• लाल बाबु पण्डित : ४९६

• इन्द्रलाल साप्कोटा : ४०५

• पुरुषोत्तम पौडेल : ४६२

यति विवादित पृष्ठभूमिका बाबजुद ओलीले पार्टीभित्र स्पष्ट बहुमत हासिल गर्नुले केही मुख्य सन्देश दिएको छः

  1. पार्टी संरचनामा ओलीको मजबुत नियन्त्रण
  2. महाधिवेशन प्रतिनिधिहरूमा नेतृत्वप्रतिको निरन्तर विश्वास
  3. बाहिर देखिने असन्तुष्टि हुँदाहुँदै पनि संगठनात्मक समर्थन बलियो
  4. पार्टीभित्रको शक्ति सन्तुलन

एमाले पछिल्ला वर्षहरूमा पार्टी विभाजन, सरकार पतन र गठबन्धन राजनीतिका कारण कमजोर बनेको विश्लेषण हुँदै आएको छ। यस्तो अवस्थामा ओलीको पुनः विजयले पार्टीभित्र वैकल्पिक नेतृत्व कमजोर रहेको र निर्णय केन्द्रित राजनीति अझै पनि ‘ओली लाइन’ वरिपरि घुमिरहेको संकेत गरेको छ।

रणनीतिक असर

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको तेस्रो कार्यकालले राष्ट्रिय राजनीतिमा एमालेको भूमिकालाई पुनः निर्णायक बनाउन सक्छ। आगामी निर्वाचनमा ओली नै पार्टीको मुख्य अनुहार रहने, आवश्यक परे गठबन्धनको ढोका खुला राख्ने र परिस्थितिअनुसार पुनः प्रधानमन्त्रीको दौडमा उभिने सम्भावना बलियो देखिन्छ।

आलोचना र समर्थन

ओलीमाथि एक व्यक्ति केन्द्रित नेतृत्व, युवापुस्ताको विकासमा ध्यान नदिएको र फरक मतप्रति कडा अनुशासन अपनाएको आरोप लाग्दै आएको छ। तर समर्थकहरू भन्छन्  “ओली बिना एमाले कल्पना गर्न सकिँदैन।”

जे जी आन्दोलनजस्ता दबाब, सरकारबाट बहिर्गमन र चर्को आलोचनाबीच पनि केपी शर्मा ओली तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनु केवल पद जित मात्र होइन, पार्टीभित्र आफ्नो शक्ति र प्रभाव पुनः पुष्टि गर्नु हो। अब उनको मुख्य चुनौती संगठन सुदृढीकरण, जनमत पुनःआकर्षण र स्थिर तथा विश्वसनीय राजनीतिक भूमिका प्रस्तुत गर्नु जस्ता यावत विषयहरू रहनेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here