Home मुख्य बालेन–कुलमान भेटवार्तामा रास्वपाको प्रस्तावले पायो स्थान

बालेन–कुलमान भेटवार्तामा रास्वपाको प्रस्तावले पायो स्थान

85
0

काठमाडौं पुस १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेनलाई आएको प्रस्तावबारे छलफल भएको छ। कुलमान निकट स्रोतका अनुसार भेटका क्रममा बालेनले प्रधानमन्त्रीसम्मबाट विभिन्न खालका प्रस्ताव आएको विषय साझा गरेका थिए।

स्रोतका अनुसार प्रस्तावसँग सम्बन्धित भूमिका, सहभागिता तथा जिम्मेवारीका विषयमा अझै स्पष्ट सहमति बनिनसकेको बालेनको भनाइ थियो। रास्वपाले हालै अघि सारेको प्रस्तावमा धेरै बुँदामा अझै संवाद र समझदारी आवश्यक रहेको बुझिएको छ।

‘सबै प्रक्रिया टुंगिएपछि मात्र वास्तविक अवस्था बाहिर आउँछ,’ स्रोतले जनाएको छ, ‘हिजो आएको प्रस्तावबारे उहाँले जानकारी गराउनुभयो, तर धेरै विषयमा छलफल जारी नै छ।’

प्रस्तावको भविष्यबारे हालसम्म कुनै अन्तिम निष्कर्ष ननिस्किएकाले यस विषयमा थप जानकारी केही समयपछि सार्वजनिक हुने बताइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here