काठमाडौँ। पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादव ले नेपाली राजनीतिक अभ्यासमा आगामी सुधार र युवापुस्ताको भूमिका सम्बन्धमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै भनेका छन् कि,
“युवा पुस्तामा चुनावको चासो देखिनु सबैभन्दा महत्वपूर्ण कुरा हो। लोकतान्त्रिक अभ्यास र राजनीतिक नेतृत्वमा उनीहरूको सक्रिय सहभागिताले देशको भविष्य निर्धारण गर्छ।”
उनी थप्छन् कि आगामी राजनीतिक अभ्यास प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली वा राष्ट्रपतीय प्रणाली अन्तर्गत नै हुने सम्भावना बढी छ।
यादवका अनुसार“देशको राजनीतिक संरचना युवा सहभागिता र लोकतान्त्रिक प्रक्रियासँग मेल खाने प्रकारको हुनुपर्छ। प्रणालीले मात्र होइन, नागरिकको चेतना र सक्रियताले नै स्थायीत्व र विकास सुनिश्चित गर्छ।”
पूर्व निर्वाचन आयुक्त यादवले यो समयमा निर्वाचन आयोग, राजनीतिक दल र युवापुस्ताबीच समन्वय आवश्यक रहेको पनि औँल्याएका छन्।
विश्लेषकहरूको मत अनुसार, यादवको यो अभिव्यक्तिले युवा वर्गलाई राजनीतिमा सशक्त सहभागी बनाउने आवश्यकतालाई पुनः स्मरण गराएको छ।










