काठमाडौं, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाटो विराएकाहरु आम माफी दिने बताएका हुन । ओलीले माधव नेपाल पक्षहरुलाई अब आम माफी दिईएको भन्दै पार्टीमा आएर काम गर्न आग्रह गरेका छन् ।
(बिहीबार) पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाउने पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु। यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौं, एम्नेष्टी इज ग्रान्टेड ।’










