बौद्धकी साम्राज्ञी मोक्तान बनिन् १८औँ मिस तामाङ

0

काठमाडौं, माघ १९ — काठमाडौंको बौद्धकी साम्राज्ञी मोक्तानले १८औँ मिस तामाङको उपाधि जितेकी छन्। शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्रान्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज आफ्नो नाममा पारिन्। नवनिर्वाचित मिस तामाङ मोक्तानलाई गत वर्षकी विजेता अन्जु थोकरले ताज पहिराएकी थिइन्। उपाधिसँगै मोक्तानले नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्। प्रतियोगितामा उनले मिस कन्फिडेन्ट र...

वाईसीएल नेपालद्वारा अर्धसैन्य संरचना पुनः सक्रिय, १६५ निर्वाचन क्षेत्रमा ‘स्पेशल टास्क फोर्स’ परिचालनको तयारी

0

काठमाडौं माघ १९ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको छ। वाईसीएल नेपालको भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। नेकपाको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। बैठकपछि जानकारी दिँदै वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा...

बालेन शाहको क्याप्सन इफेक्ट: सुदूरपश्चिम केन्द्रित गीत–भिडियो ट्रेन्डमा

0

काठमाडौं माघ १७ - सुदूरपश्चिम यात्राका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेको क्याप्सन— “सुदूर अब दुर नाई, झिक्कै झिक्कै माया तम्लाई”—यतिबेला डिजिटल दुनियाँमा चर्चाको केन्द्र बनेको छ। उक्त क्याप्सन सार्वजनिक भएपछि सुदूरपश्चिमसँग जोडिएका गीत, फोटो र भिडियो सामग्रीहरू तीव्र रूपमा बढेका छन्। विशेषगरी AI प्रविधिबाट तयार पारिएका गीतहरूमा सोही बोल प्रयोग गर्दै प्रयोगकर्ताहरूले आफ्नो सुदूरपश्चिम यात्राका दृश्य,...

निराशाबाट उद्यमसम्म: ह्याङ्ग्रीजेनको यात्रा, नेपालको फूड–डेलिभरीमा नयाँ भरोसा

0

काठमाडौँ माघ १७ — नेपालको खाद्य वितरण प्रणालीमा देखिएको ढिलाइ, असंगत गुणस्तर र विश्वासको अभावलाई समाधान गर्ने उद्देश्यसहित सुरु गरिएको फूड–टेक ब्रान्ड ह्याङ्ग्रीजेन (HangryGen) आज देशकै तीव्र गतिमा बढ्दो खाद्य ब्रान्डको रूपमा उभिँदै गएको छ। ह्याङ्ग्रीजेनको सुरुवात एउटा सामान्य तर दोहोरिरहने निराशाजनक अनुभवबाट भएको हो। संस्थापक विनय शर्माका अनुसार, “एक रात स्थानीय प्रतिस्पर्धीबाट अर्डर गरिएको खाना न समयमै आइपुग्यो, न गुणस्तरमै...

आचारसंहिता उल्लङ्घनविरुद्ध आयोग कडा

0

काठमाण्डौ माघ  १७ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध कडा कदम चाल्न थालेको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लाई प्रभावकारी रूपमा लागू गरेको जनाएको छ। माघ ४ गतेदेखि लागू भएको आचारसंहिताको पालना नगर्ने राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित संस्थामाथि आयोगले निगरानी कडा बनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन...

नेप्से पुनर्संरचनासम्बन्धी सुझाव समितिको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

0

काठमाडौँ माघ १६ — सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी सुझाव समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन आम नागरिक र सरोकारवालाको जानकारीका लागि सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। नेप्सेको संरचना, व्यवस्थापन सुधार, प्रविधि उन्नयन तथा बजार पारदर्शिता अभिवृद्धिका विषयमा सुझाव दिन गठित समितिले लामो अध्ययनपछि प्रतिवेदन तयार पारेको...

अमेरिकी आप्रवासी नीतिमा कडाइ, नेपालीहरूका लागि सामाजिक सहुलियत जोखिममा

0

काठमाडौँ माघ १६ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूले सरकारबाट पाउँदै आएका विभिन्न सामाजिक सहुलियतहरू गुमाउने जोखिम बढेको छ। वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अनुसार ट्रम्प प्रशासनले स्वास्थ्य सेवा, सरकारी आवास, शिक्षा तथा पारिवारिक सहायता लगायतका क्षेत्रमा विदेशी नागरिकलाई दिँदै आएको सुविधा सीमित गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्था उल्लङ्घन गरी सरकारी...

साँच्चिकै परिवर्तन सानो जिम्मेवार कदमबाट सुरु हुन्छ : अम्बिका पौडेल

0

काठमाडौँ पुस १२ ! प्रख्यात लगानीकर्ता र व्यवसायी अम्बिका पौडेल ले चुनावी प्रक्रिया अझ शान्त, सम्मानजनक र अर्थपूर्ण बनाउन सानो जिम्मेवारीको महत्व औँल्याउनुभएको छ। अम्बिका पौडेलले भन्नुभयो, “साँच्चिकै परिवर्तन सधैं ठूलो भाषणबाट आउँदैन। उम्मेदवार र समर्थकहरूले अभियानका बेला मादक पदार्थ टार्ने जस्ता सानो अनुशासन अपनाएमा चुनाव शान्त, सम्मानजनक र अर्थपूर्ण बन्न सक्छ। कहिलेकाहीँ परिवर्तन सामान्य, जिम्मेवार निर्णयबाट सुरु हुन्छ।” उहाँले स्पष्ट गर्नुभयो...

संसद पुनर्स्थापनासम्बन्धी मुद्दामा बुधबार सर्वोच्च अदालतमा पेशी

0

काठमाडौँ माघ १२ !  प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सम्मानित सर्वोच्च अदालतले बुधबार अन्तिम सुनुवाइ (पेशी) तोकेको छ। संसद पुनर्स्थापना हुन्छ वा हुँदैन भन्ने विषयमा आउने फैसलालाई देशको राजनीति र संविधान कार्यान्वयनको दृष्टिले अत्यन्तै निर्णायक मानिएको छ। यदि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनायो भने प्रतिनिधि सभा पुनः क्रियाशील हुनेछ। त्यसपछि सभामुखले बैठक आह्वान गर्ने र संसदले आफ्नो संवैधानिक भूमिका...

बाबुराम भट्टराई गोर्खा–२ बाट आगामी निर्वाचन लड्ने

0

काठमाडौं, माघ ५ । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ बाबुराम भट्टराई ले आगामी निर्वाचनमा गोर्खा–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। गोर्खा–२ बाट उनको उम्मेदवारी घोषणासँगै स्थानीय तथा राष्ट्रिय राजनीतिक वृत्तमा चासो बढेको छ। यसअघि उनले चुनाव नलड्ने घोषणा गरेका थिए। उनको यस कदमले आगामी निर्वाचनको राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।