WHAT'S NEW
पेट्रोलियम पदार्थको भाउ वृद्धि, गएरातिदेखि लागू
ACCESSORIES
लखनऊ बिरुद्द पञ्जाबको शानदार जित
पेट्रलियम पदार्थको भाउ घट्यो
WINDOWS PHONE
IPL 2025: KL राहुलको विस्फोटक ब्याटिङमा दिल्ली क्यापिटल्सको शानदार जित
LATEST ARTICLES
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : आज नयाँ कार्यसमिति चयनका लागि मतदान
काठमाडौं, २३ असोज । गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएको भन्दै आजका लागि सारिएको थियो । मतदान खुलामञ्चमा हुने र पार्टीको नयाँ नेतृत्वसहित कार्यसमिति चयन गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ । महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वले पार्टीको आगामी राजनीतिक दिश, संगठनात्मक गतिविधि...
दशैंका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला
२३ असोज, काठमाडौं । दशैं मनाउन घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ। टिकट पाउन सहज हुने आशमा यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ...
तनहुँ कांग्रेसमा बढ्यो सरगर्मी, महाधिवेशन प्रतिनिधिमा धर्म दत्त अर्यालको उम्मेदवारी तयारी
दुई दशकभन्दा लामो संगठनात्मक यात्रा, सामाजिक सेवामा सक्रियता र क्षेत्रीय मुद्दामा पहललाई आधार बनाउँदै मैदानमा उत्रिने तयारी तनहुँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा लामो समयदेखि कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय धर्म दत्त अर्यालले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन्...
डिआईजी घर्ती क्षेत्रीद्वारा किहुँमा प्रहरी चौकी भवन उद्घाटन
तनहुँ l तनहुँको भिमाद नगरपालिका–१, किहुँमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती क्षेत्रीले विशेष समारोहबीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्की, विशेष सुरक्षा गण बेलचौताराका...
झाङ यिमिङले अडानीलाई पछि पारे
काठमाडौं । टिकटकको मूल कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सलाई उद्धृत गर्दै सार्वजनिक भएका रिपोर्टअनुसार झाङको अनुमानित सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। यससँगै उनले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पारेका हुन्। झाङको सम्पत्ति सन् २०१९ मा करिब १३ अर्ब डलर रहेकोमा पछिल्लो समय आठ गुणाभन्दा बढी बढेको रिपोर्टमा उल्लेख छ।...
नेपालमा पहिरोपछि सरकारप्रति आक्रोश बढ्दै गर्दा लीक भएका दस्तावेजले नयाँ नेतृत्वलाई अमेरिकी सरकारसमर्थित गोप्य कार्यक्रमबाट तयार पारिएको दाबी
काठमाडौं । नेपालमा विनाशकारी पहिरोका कारण सरकारविरुद्ध जनआक्रोश बढ्दै जाँदा सार्वजनिक भएका फाइलहरूले नेपालको नयाँ प्रधानमन्त्री र उनका केही सहकर्मीहरू अमेरिकी सरकारद्वारा प्रायोजित एउटा गोप्य कार्यक्रमको सहयोगबाट सत्तामा पुगेको देखाउने दाबी गरिएको छ। नेपालमा यस सेप्टेम्बरमा आएको विनाशकारी पहिरोमा १ हजारभन्दा बढी मानिसको ज्यान गएको आठ महिनाअघि नै देशका नयाँ नेताहरू पहिलोपटक सार्वजनिक राजनीतिक दृश्यमा देखिएका थिए। त्यो डिसेम्बर २०२५...
एनसेलको अन्तर्राष्ट्रिय कलमा नयाँ पल्स दर लागू, १९८ देशमा ६० सेकेन्डको हिसाबले शुल्क लाग्ने
काठमाडौं, भदौ २ । एनसेलले मंगलबारदेखि अन्तर्राष्ट्रिय आउटगोइङ कलको पल्स दर परिवर्तन गरेको छ। अब १९८ वटा गन्तव्य मुलुकमा ६० सेकेन्डको नयाँ पल्स दर लागू हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिअनुसार एनसेलले नयाँ पल्स दर कार्यान्वयनमा ल्याएको हो। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अन्तर्गत प्राधिकरणले यसका लागि स्वीकृति दिएको एनसेलले जनाएको छ। नयाँ दर अष्ट्रेलिया,...
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य
काठमाडौं — आउँदो मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा मासु जाँच अनिवार्य हुने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन चरणबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। ऐनअनुसार मंसिर १ देखि काठमाडौं उपत्यकाका सबै पालिकामा मासु जाँचको व्यवस्था लागू हुनेछ। उपत्यकाबाहिरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा भने आगामी माघ १ गतेदेखि ऐन कार्यान्वयनमा...
NAIMA Mobility Expo 2026 मा नयाँ EV मोडलदेखि आकर्षक छुटसम्म
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी NAIMA Mobility Expo 2026 मा विद्युतीय सवारीसाधन, बैंकिङ सुविधा तथा आकर्षक अफरसहित विभिन्न नयाँ उत्पादन सार्वजनिक गरिएका छन्। एक्स्पोमा Toyota ले नयाँ कार बुकिङ गर्ने ग्राहकका लागि रु. ३ लाखदेखि २१ लाखसम्म नगद छुट उपलब्ध गराएको छ। साथै, भाग्यमानी एक जोडीले ‘Elite Explorers Kanya Kumari Drive’ मा सहभागी हुने अवसर पाउनेछन्। कार बुकिङ गर्ने सबै...
ललितपुरमा ‘ब्लु बर्ड सुपर लिग’ उद्घाटन, चार खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने
ललितपुर । ललितपुरको ग्वार्कोस्थित एभिएस विद्यालयको प्राङ्गणमा ‘ब्लु बर्ड सुपर लिग’को उद्घाटन गरिएको छ। पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले एक समारोहबीच लिगको उद्घाटन गरेका हुन्। ‘ब्लु बर्ड सुपर लिग’मा क्रिकेट, फुटबल, भलिबल र बास्केटबल गरी चार खेल समावेश गरिएको एभिएस विद्यालयका प्रिन्सिपल दीपकराज जोशीले जानकारी दिए। ललितपुर जिल्लाभरिका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले निर्धारित फाराम...



































