WHAT'S NEW
नेप्सेमा उच्च कारोबार, लगानीकर्ताको ओइरो
ACCESSORIES
प्ले अफमा पुग्न अन्तिम प्रयासमा आरसिबी
इन्धनको मुल्यमा दैनिकजसो वृद्धि, उपभोक्ता मौन
WINDOWS PHONE
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको स्वास्थ्यमा थप समस्या
LATEST ARTICLES
अमुदी फुड्सको U-n-Me ब्रान्ड अब खाद्य मसला बजारमा, उपभोक्ता उत्साहित
काठमाडौं । करिब दुई दशकदेखि नेपाली बजारमा उच्चस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको अमुदी फुड्स लिमिटेडले अब छिट्टै U-n-Me ब्रान्डका खाद्य मसला सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले गुणस्तर, स्वास्थ्य र उपभोक्ता विश्वासलाई मुख्य आधार बनाउँदै नयाँ उत्पादन श्रृंखला विस्तार गर्न लागेको हो। अमुदी फुड्स लिमिटेडका कार्यकारी अध्यक्ष अच्युत बस्नेतका अनुसार आगामी U-n-Me मसला श्रृंखला स्वाद, स्वच्छता र जनस्वास्थ्यका मापदण्डमा पूर्ण...
अभिनेता विजयको समर्थनमा आयोजित र्यालीमा अचानक भगदड मच्चिंदा ३९ जनाको मृत्यु
भारत ! भारतको तमिलनाडु राज्यको नामक्कल क्षेत्रमा अभिनेता विजयको समर्थनमा आयोजित र्यालीमा अचानक भगदड मच्चिंदा दुखद घटना घटेको छ । यस आपत्कालीन घटनामा कमीति ३९ जनाको ज्यान गएको बताइएको छ भने ९५ बढी जना घाइते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। घटनास्थलमा उपस्थित स्थानीय प्रहरी तथा उद्धार टोलीले भागदौड नियन्त्रणमा लिन प्रयास गरिरहेका थिए भने घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि...
ऊर्जामन्त्री घिसिङ भारत भ्रमणमा जाने
काठमाडौँ, असोज १३ ! मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गरेको छ भने बैठकले केही अन्य महत्त्वपूर्ण निर्णयसमेत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरु सार्वजनिक गरेका थिए । बैठकले कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं बैठकमा...
सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, नेपालको इतिहासमै पहिलो महिला कार्यकारी प्रमुख
काठमाडौं भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। देशव्यापी ‘Gen Z’ आन्दोलनका मागअनुसार र प्रमुख राजनीतिक शक्ति तथा सुरक्षाप्रतिष्ठानसँगको परामर्शपछि उनको नाममा सहमति बनेको हो। राष्ट्रपति कार्यालयका अनुसार नियुक्ति संविधानको धारा ६१ मा आधारित छ, जसअनुसार राष्ट्रपति राष्ट्रिय एकता प्रवर्द्धन गर्ने र संविधानको पालन–संरक्षण गर्ने दायित्वबाहक हुन्छन्। कार्की नेपालको इतिहासमा पहिलो...
उषा काफ्लेको अध्यक्षतामा अनेम सङ्घ क्रान्तिकारी मधेश प्रदेश सम्पर्क समन्वय समितिको जिल्ला भेला सम्पन्न
काठमाडौं, भदौ १६ ! नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मधेश प्रदेश सम्पर्क समन्वय समितिको प्रथम जिल्ला भेला काठमाडौंको मिनभवनस्थित थाहा हलमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष उषा काफ्लेको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का महिला विभाग प्रमुख, पार्टी स्थायी समिति सदस्य तथा पूर्व मन्त्री...
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुईपक्षीय भेटवार्ता
चीन, भदौ १४ ! शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको छ। आज अपराह्न चीनको थियानजिनस्थित अतिथिगृहमा सम्पन्न भेटवार्तामा दुवै नेताबीच नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल भएको छ। भेटवार्तापूर्व राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो। उक्त भेटलाई नेपाल–चीनबीच आपसी हितका मुद्दामा सहयोग र साझेदारीलाई...
युक्रेनमा रुसी आक्रमण : दुई बालबालिकासहित २१ जनाको मृत्यु
काठमाडौं भदौ १३ ! पछिल्लो २४ घण्टामा युक्रेनमा भएको भीषण रुसी आक्रमणमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्थानीय अधिकारीहरूका अनुसार, आक्रमणमा आवासीय घर, सार्वजनिक भवन र पूर्वाधारहरू लक्षित गरिएको थियो। उद्धारकर्मीहरूले भग्नावशेषबाट घाइते र मृतकलाई निकाल्ने कार्य जारी राखेका छन्। अझै पनि धेरै मानिसहरू भग्नावशेषभित्र फसेको आशंका गरिएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणलाई "मानवता विरुद्धको...
भारत–चीन सम्झौतामा लिम्पियाधुरा–लिपुलेक समेटिँदा माओवादी केन्द्रको कडा आपत्ति
काठमाडौं भदौ ८ ! भारत र चीनबीच भएको हालको १२ बुँदे सहमतिमा लिपुलेक, शिम्किला र नाथुला पासमार्फत व्यापार पुनः सुरु गर्ने उल्लेख भएपछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले आपत्ति जनाएको छ। प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको विज्ञप्तिमा, नेपालको जानकारी र सहमतिबिना नै भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको सम्झौता नेपालमाथि ‘सार्वभौमिकतामा हस्तक्षेप’ भएको भनिएको...
नेपाली भूभागमा भारत–चीनबीच लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने सहमति
काठमाडौं भदौ ४ ! भारत र चीनले सीमावर्ती तीन व्यापारिक नाका– लिपुलेक पास (उत्तराखण्ड), शिपकी ला (हिमाचल प्रदेश) र नाथू ला (सिक्किम) हुँदै व्यापार पुनः सुरु गर्ने सहमति जनाएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको वार्ताबाट यो निर्णय सार्वजनिक भएको हो। लिपुलेक पास नेपालको पश्चिमी सीमाभन्दा करिब ५६ किलोमिटर भित्र पर्ने भूभाग हो, जसलाई नेपालले आफ्नो क्षेत्रका...
रूस–युक्रेन युद्ध अन्त्यतर्फः ट्रम्पको पहलमा शान्ति प्रक्रियाको सुरुवात
वाशिङ्टन डीसी, (एजेन्सी) भदौ ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न शान्ति प्रक्रियाको प्रारम्भिक कदम अघि बढाएको घोषणा गरेका छन्। ह्वाइट हाउसमा सम्पन्न उच्चस्तरीय बैठकपछि उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष वार्ता हुने तयारी भएको बताएका हुन्। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा युरोपेली तथा पश्चिमी मुलुकका शीर्ष नेताहरूसँग सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए।...



































