जनकपुरमा रास्वपा नेता बालेनको धार्मिक–राजनीतिक सन्देश, सभाअघि जानकी मन्दिरमा दर्शन

0

काठमाडौं, माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले धनुषामा आयोजना हुने पार्टी सभाअघि जनकपुरधामस्थित जानकी मन्दिर पुगेर दर्शन गरेका छन्। आइतबार नै जनकपुर आइपुगेका बालेनले सोमबार बिहानै मन्दिरमा पुगेर पूजा–अर्चना गरेका हुन्। आज धनुषामा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको सभामा सहभागी हुन आएका उनको यस गतिविधिलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ। धार्मिक स्थलमा गरिएको यो...

भावी प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीलाई अघि सार्ने एमालेको निर्णय

0

काठमाडौं माघ ४ ! नेकपा (एमाले)ले आगामी राजनीतिक यात्रामा केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेसँगै पार्टीभित्र र बाहिर दुवै तहमा यसको अर्थ र प्रभावबारे बहस सुरु भएको छ। यो निर्णय केवल नेतृत्व चयन होइन, एमालेको रणनीतिक दिशा, आन्तरिक शक्ति सन्तुलन र सत्ता राजनीतिप्रतिको स्पष्ट संकेतका रूपमा हेरिएको छ। किन फेरि ओली ? एमाले नेतृत्वको निष्कर्ष स्पष्ट...

अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता हुँदैन : कांग्रेस सभापति गगन थापा

0

‘सत्ताका लागि अप्राकृतिक गठबन्धनको राजनीति अन्त्य हुन्छ’ काठमाडौं माघ ३। नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टी अब मूल्य, सिद्धान्त र राजनीतिक नैतिकताविपरीत गएर कुनै पनि सम्झौता नगर्ने स्पष्ट घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत् सार्वजनिक धारणा राख्दै सभापति थापाले सत्ताका लागि जो–सुकैसँग अप्राकृतिक गठबन्धन गर्ने पुरानो प्रवृत्तिको अन्त्य हुने बताएका छन्। “अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता गर्ने...

महान्यायाधिवक्ताको निर्णयप्रति भीम रावलको कडा प्रहार ‘युवाको आवाज कुल्चियो, देश कुशासन र स्वेच्छाचारीतन्त्रतर्फ धकेलिँदै छ’

0

काठमाडौं, माघ ३। भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै युवाहरूले उठाएको आवाजकै आधारमा बनेको अन्तरिम सरकारका महान्यायाधिवक्ताको निर्णयप्रति पूर्वउपप्रधानमन्त्री भीम रावल ले कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक धारणा राख्दै रावलले संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका व्यक्तिहरूको मुद्दा खारेज गर्ने निर्णयले युवाहरूको आवाजमाथि ठाडो प्रहार भएको बताएका छन्। उनका अनुसार, उक्त निर्णयले विधिको शासन कमजोर...

नेपाली कांग्रेसको आधिकारिकता विवाद: रुख र चारतारे झण्डा कसको हातमा पुग्ला?

0

काठमाडौं माघ २ । नेपाली कांग्रेस भित्र चर्किएको आधिकारिकता विवाद निर्णायक मोडमा पुगेको छ। पार्टीभित्र बनेका दुई अलग–अलग शक्ति केन्द्रले आफू नै वैध नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोग मा आ–आफ्नो दाबी पेश गरेपछि अब कांग्रेसको ऐतिहासिक रुख चुनाव चिन्ह र चारतारे झण्डा कसको नियन्त्रणमा जाने भन्ने प्रश्न केन्द्रीय राजनीतिक विषय बनेको छ। विवादको जड कहाँबाट सुरु भयो? कांग्रेसभित्र लामो समयदेखि...

अमेरिकामा शान्तिको सन्देश बोकेर ३७ सय किलोमिटर पैदलयात्रा गर्दै बौद्ध भिक्षुहरू, हजारौँ नागरिकद्वारा सम्मानपूर्ण स्वागत

0

एजेन्सी पुस  ३० ! अमेरिकामा यतिबेला मानवता, करुणा र शान्तिको अनुपम दृश्य देखिएको छ। United Statesको टेक्सास राज्यको Fort Worthबाट २० जना बौद्ध भिक्षुहरूले राजधानी Washington, D.C.सम्म करिब ३७ सय किलोमिटर लामो पैदलयात्रा सुरु गरेका छन्। यस यात्रालाई ‘शान्तिका लागि पैदलयात्रा’ नाम दिइएको छ। उक्त समूहमा २१ वर्षदेखि ७० वर्षसम्मका भिक्षुहरू सहभागी छन्। उनीहरू विभिन्न राज्य हुँदै अघि बढ्दै गर्दा...

विशेष महाधिवेशनमा कांग्रेसभित्र विद्रोहको संकेत, ६२ प्रतिशत प्रतिनिधि उपस्थित

0

काठमाडौं पुस २६ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। गगन थापा समूहको पहलमा आयोजना गरिएको विशेष महाधिवेशनमा झण्डै ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको प्रारम्भिक आकलन गरिएको छ। यिनै प्रतिनिधिहरूले अघिल्लो महाधिवेशनमा अत्यधिक मत दिएर शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापति निर्वाचित गराएका थिए। तर आज तिनै प्रतिनिधिहरू देउवा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनमा सहभागी भएका...

नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच संयुक्त बैठक सम्पन्न

0

काठमाडौं पुस २७ । नेपालको पूँजी बजार र विद्युत् उत्पादनसम्बद्ध क्षेत्रको सुदृढीकरणका लागि नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच २०८२ पुस २४ गते खुमलटारस्थित बोर्डको कार्यालयमा संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा पूँजी बजारमार्फत विद्युत् परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्यताका विषयमा छलफल केन्द्रित रह्यो। दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्र आवश्यक रहेकोमा...

मिटरब्याज र निर्माण व्यवसायको आवरणमा ठगी गरेको आरोप, नुवाकोटका रामशरण अधिकारी पक्राउ

0

काठमाडौं पुस २५ — ठगीसम्बन्धी आरोपमा नुवाकोटका रामशरण अधिकारी पक्राउ परेका छन्। पञ्चकन्या गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको मनमैजु बस्दै आएका ४६ वर्षीय अधिकारीलाई पीडितहरूको जाहेरीका आधारमा प्रहरीले काठमाडौंको धर्मस्थली क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार अधिकारीले आफ्नै नजिकका आफन्त तथा चिनजानका व्यक्तिहरूबाट चेकको भरमा रकम सापटी लिने र उक्त रकम अन्य व्यक्तिहरूलाई अत्यधिक ब्याजदरमा मिटरब्याजमा लगाउने गरेको...

एन.सी. एग्रो टेक इण्डस्ट्रीज लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न, आईपीओ तयारी र कृषि आत्मनिर्भरता लक्ष्य

0

काठमाडौं, पुस २५ — कृषि उत्पादनलाई पूर्ण उपयोग गर्दै आत्मनिर्भर बनाउने लक्ष्य राखेको एन.सी. एग्रो टेक इण्डस्ट्रीज लिमिटेडले काठमाडौंको बसुन्धरा स्थित सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा आफ्नो सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित कम्पनीको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ। प्रतिवेदनअनुसार कम्पनीको जारी पूँजी ७५...