Home स्वास्थ्य पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमित निको भएका छन्

पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमित निको भएका छन्

126
0

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३०१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी कुल ६ हजार ८५जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ६ हजार ८९८ जना संक्रमित निको भएका छन् । निको हुने द ८०.२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुने ५ लाख ६६ हजार ५ सय ८७ जना रहेका छन भने कोरोना संक्रमणको कारण सात हजार चार सय ५४ जना पुगेका छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here