ललितपुर पत्रकार महासंघ द्वारा ‘हीरा–सिद्धि पत्रकारिता पुरस्कार’ को घोषणा

ललितपुर, जेठ २४ ! नेपाल पत्रकार महासंघ ललितपुर शाखाले समाजसेवी सिद्धिबहादुर महर्जनको आर्थिक सहयोगमा ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। यसै सिलसिलामा उनले आफ्नी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा रु. ५ लाखको अक्षयकोष पनि स्थापना गर्नुभएको छ। शनिबार भएको कार्यक्रममा महर्जनले उक्त रकमको चेक महासंघलाई हस्तान्तरण गर्नुभयो। यसअघि उनले महासंघका अध्यक्ष रामहरि कार्कीसँग औपचारिक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। महर्जनले...

जनयुद्धका घाइते योद्धा वाईसिएलको नेतृत्वमा

काठमाडौं जेठ २४ ! नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेतृत्व टोलीसँगको छलफलपछि ओलीको नाममा सहमति जुटेको हो। संगठनको महासचिवमा गणेश शाही चयन भएका छन् भने अन्य पदाधिकारीहरूको टुंगो छिट्टै लाग्ने वाइसिएल स्रोतले जनाएको छ। जनयुद्धको मैदानबाट संगठनको शीर्ष नेतृत्वसम्मको यात्रा २०४३ पुस ७ गते...

बाम्का बजारमा भीषण आगलागीबाट ४० पसल जलेर नष्ट

बाजुरा जेठ  २४ ! बुढीगङ्गा नगरपालिका–६ अन्तर्गत पर्ने बाम्का बजारमा हिजो दिउँसो ग्यास सिलिण्डर पड्किँदा भएको आगलागी बेलुकी मात्रै नियन्त्रणमा आएको छ। दमकलको अभाव र चर्को हावाहुरीका कारण आगो नियन्त्रणमा कठिनाइ भएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो। आगलागी बजारको एक होटलमा खाना पकाउने क्रममा सुरु भएको थियो। घटनामा झन्डै ४० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विस्थापित...

टीपीएसबाट अमेरिकामा बसिरहेकालाई नेपाल फर्कन दिइयो ६० दिनको समय

वाशिङ्टन डीसी, अमेरिका जेठ २३ ! ✍ सुराकी खबर डट कम अमेरिकामा टीपीएस (Temporary Protected Status) अन्तर्गत बसेका नेपाली नागरिकलाई अब ६० दिनभित्र अमेरिका छाड्नुपर्ने सूचना अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (DHS) ले जारी गरेको छ। उक्त सूचना अनुसार नेपालमा अब टीपीएसको आवश्यकता नरहेको भन्दै अमेरिका सरकारले टीपीएस अन्त्य गर्ने निर्णय सार्वजनिक गरेको हो। टीपीएस के हो र नेपालले यो सुविधा कहिलेदेखि पाएको...

वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि हातपात

काठमाडौं जेठ २३ ! वरिष्ठ अधिवक्ता शम्भु थापाले एक पत्रकारमाथि हातपात गरेका छन्। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट फर्कने क्रममा फोटो खिचिरहेका पत्रकारलाई उनले शारीरिक दुर्व्यवहार गरेका हुन्। थापा पार्टी कार्यालयमा भएको बैठकमा सहभागी भई फर्किँदै गर्दा पत्रकारले तस्बिर खिच्न खोजे। सोही क्रममा उनले के का लागि फोटो खिच्ने भन्दै अचानक आक्रोशित हुँदै पत्रकारमाथि हातपातमा उत्रिएका थिए। पत्रकारले भने, “मैले केवल...

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

ललितपुर, जेठ २२ ! युवा जागरण पर्यावरणीय मञ्च (YAEF), पर्यावरण टेलिभिजन, रेडियो पर्यावरण १०४.२ मेगाहर्ज र इको मिडिया एक्सनको संयुक्त आयोजनामा आज विश्व वातावरण दिवस २०८२ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। “प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने नारालाई आत्मसात गर्दै विगत २०५५ सालदेखि निरन्तर रुपमा पर्यावरणीय सचेतना फैलाउँदै आएको मञ्चले यस वर्ष पनि विविध कार्यक्रममार्फत वातावरण दिवस मनाएको...

अमेरिकाद्वारा १२ देशका नागरिकमाथि पूर्ण यात्रा प्रतिबन्ध, ७ देशमाथि आंशिक प्रतिबन्ध

वाशिङ्टन, जेठ २२ ! अमेरिकी सरकारले सुरक्षा र कूटनीतिक चासोलाई कारण देखाउँदै अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई देश प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो। साथै, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक प्रतिबन्धको सूचीमा राखिएको छ। आंशिक प्रतिबन्ध अन्तर्गत ती...

बेंगलुरुमा RCB को विजय उत्सवमा भागदौड, ११ को मृत्यु, ४० जना घाइते

बेंगलुरु – २१ जेठ ! आइपिएलको पहिलो उपाधि जितेपछि रोयल च्यालेन्जर बेंगलुरुले आयोजना गरेको विजय उत्सवमा जमघट भएका हजारौं समर्थकहरूबीच भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन्। प्राप्त जानकारीअनुसार, बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियम वरिपरि विजय उत्सवको लागि भिड जम्मा भएको थियो। स्टेडियममा प्रवेश गर्न खोज्दा सुरक्षा व्यवस्था कमजोर भएकाले अचानक भागदौड सुरु...

नेपालमा सुन–चाँदीको मूल्यमा दोब्बर उकालो, तोलाको कति पुग्यो?

काठमाडौं, जेष्ठ २१ ! पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपालमा पनि सुन र चाँदीको भाउमा उल्लेख्य उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार (जेष्ठ २१ गते) छापावाल सुनको मूल्य तोलामा रु १,९२,७०० पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु २,९०० ले बढी हो। साथै, चाँदीको मूल्य पनि बढ्दै गएको छ। मंगलवारकै दिन चाँदी प्रतितोला रु २,०४५...

गण्डकी प्रदेशको राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित

पोखरा, जेठ २१ ! गण्डकी प्रदेश सरकारले केही समयअघि जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीलाई एक महिनाका लागि स्थगन गरेको छ। सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै यसबारे जानकारी दिएका हुन्। प्रवक्ता गुरुङले नियमावली फिर्ता गरिएको नभई मात्र स्थगन गरिएको स्पष्ट पारे। उनका अनुसार नियमावली कार्यान्वयनका क्रममा देखा परेका केही विषयमा थप समन्वय र...