सिन्डिकेट पुनः स्थापित गर्न सरकारको संलग्नता छ : पूर्वमन्त्री ज्वाला
काठमाडौं, जेठ २१ ! नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच सोमवार राति भएको सम्झौतालाई संघीयता विरोधी र आपत्तिजनक भएको बताएका छन्। मंगलवार संक्षिप्त कुराकानीमा ज्वालाले लामो संघर्षपछि हटाइएको सिन्डिकेट प्रणालीलाई पुनः स्थापित गर्ने कार्यमा सरकार स्वयं संलग्न भएको आरोप लगाएका हुन्। ‘पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसायीहरूसँग मिलेर निषेध...
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्स बिरुद्द खेल्दै
काठमाडौँ, जेठ २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग महत्वपूर्ण खेल खेल्दैछ। जारी प्रतियोगितामा खराब प्रदर्शन सुधार्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिन लागेको हो। नेपालले अहिलेसम्म प्रतियोगितामा १२ खेलमध्ये मात्र २ खेलमा जित हासिल गर्न सकेको छ भने १० खेलमा हार बेहोरेको छ। अर्कोतर्फ नेदरल्यान्ड्सले लिग–२ मा राम्रो प्रदर्शन गर्दै १६ खेलमध्ये ९ खेलमा जित हात पारिसकेको...
रोयल च्यालेन्जर्स बेङ्गलुरु आईपीएल च्याम्पियन
अहमदाबाद, जेठ २१ ! लामो समयदेखि प्रतीक्षित जितसँगै रोयल च्यालेन्जर्स बेङ्गलुरु (RCB) ले इन्डियन प्रिमियर लिग (IPL) को उपाधि जित्न सफल भएको छ। गएराति भारतको अहमदाबाद नरेन्द्र मोदी अन्तर्वस्त्र रंगशालामा सम्पन्न फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले ऐतिहासिक सफलता हात पारेको हो। टस हारेर पहिले ब्याटिङ गरेको RCB ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन...
आन्दोलन फिर्ता : भोलिदेखि नियमित गाडी सञ्चालन
काठमाडौं, जेठ २० ! विभिन्न माग राख्दै आन्दोलनमा रहेका यातायात व्यवसायीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका छन्। सरकारसँगको पटक–पटकको वार्तापछि सहमति बनेसँगै व्यवसायीहरूले भोलिदेखि नियमित रूपमा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्ने घोषणा गरेका हुन्। यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि देशभर सार्वजनिक यातायात प्रभावित भएको थियो। यात्रुहरू समस्यामा परेका थिए भने यातायात क्षेत्रको सेवा ठप्पजस्तै भएको थियो। साथै राइड सेयरिङको कानूनको विषयमा एक...
सोमबारदेखि देशव्यापी अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
काठमाडौं, जेठ १९ ! गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नयाँ नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ २०)देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक सवारीसाधनहरू ग्यारेजमै थन्क्याएर बस्ने निर्णय गरिएको हो। उनका अनुसार निजी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनलाई...
मुम्बई इ्डियन्स बिरुद्द पञ्जाबको ६ विकेटको जित, जितसँगै फाइनल प्रवेश
काठमाडौं जेठ १९ ! पञ्जाब किङ्स (PBKS) ले आईपीएल 2025 को क्वालिफायर 2 मा मुम्बई इन्डियन्स (MI) लाई ५ विकेटले पराजित गर्दै ६ बल बाँकी हुँदा जित हात पारेको छ। यो जितसँगै PBKS फाइनलमा प्रवेश गरेको छ, जहाँ उनीहरूले रोयल च्यालेन्जर्स बेंगलुरूसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। २०४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै कप्तान श्रेयस अय्यरले अविजित ८७ रन (४१ बलमा, ८...
२५० करोड रुपैयाँभन्दा बढी हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पक्राउ
काठमाण्डौ जेठ १८ ! २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। विभिन्न फर्जी कागजात र नियामकीय प्रक्रियाको उल्लङ्घन गर्दै बैंकबाट ठूलो मात्रामा रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध लामो समयदेखि अनुसन्धान भइरहेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले विशेष सूचनाका आधारमा...
हामीलाई एआई जस्तो वाईसिएल चाहिएको छ : दीपशिखा
काठमाडौं जेठ १८ ! योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै वाईसिएल इन्चार्ज तथा नेता राम प्रसाद सापकोटा 'दीपशिखा'ले संगठनलाई नयाँ ढंगले पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले वर्तमान सामाजिक–राजनीतिक परिप्रेक्ष्यमा युवाहरुको प्रतिनिधित्व र सहभागिता अझ सशक्त र विचारप्रधान बनाउनु पर्नेमा जोड दिए। सापकोटाले विदेशिएका युवाहरुको पीडा स्मरण गर्दै भने, “केही पेट पाल्न खाडीमा छौं, केही जीवन धान्न...
पेट्रोलियम पदार्थको भाउ वृद्धि, गएरातिदेखि लागू
काठमाडौं, जेठ १९ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँले मूल्य बढाइएको हो। नयाँ मूल्य गएरातिदेखि नै लागू गरिएको निगमले जनाएको छ। यो मूल्यवृद्धि देशभरका विभिन्न स्थान अनुसार फरक–फरक रुपमा लागू हुनेछ। निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा खुद मूल्य संरचना समायोजन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर...
आईपीएल प्लेअफमा आज मुम्बई र पञ्जाब आमनेसामने
एजेन्सी जेठ १८ ! आईपीएल क्रिकेट प्रतियोगिताको प्लेअफ चरण अन्तर्गत आज मुम्बई र पञ्जाबबीच रोमाञ्चक भिडन्त हुँदैछ। पछिल्लो खेलमा पञ्जाबले बेंगलूरुसँग ८ विकेटको हार बेहोरेको थियो भने मुम्बईले गुजरातविरुद्ध २० रनको सानदार जित निकालेको थियो । अन्तिम चारमा स्थान बनाएका टोलीहरू मुम्बई, पञ्जाब, बेंगलूरु र गुजरातबीच प्लेअफका खेलहरू जारी छन्। आजको खेलले फाइनल यात्रा तर्फको समीकरणमा थप रोचकता ल्याउने अपेक्षा गरिएको...













