बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडिन्

0

एजेन्सी।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । हिंसा बढ्दै गए सँगै परिणामस्वरूप ढाकामा कम्तिमा 14 पुलिस अधिकारीहरू सहित करिब १०० व्यक्तिको मृत्यु भएको उक्त घटनाक्रम भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका हुन्। राजीनामाको माग गर्दै जारी विरोध प्रदर्शनपछि हसिनाले बहिनीसँग ढाका प्यालेस छोडेर अन्यत्र शरण लिएकी छिन् । सरकारी जागिरको कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले सुरुमा...

भारतमा एक निर्माण कम्पनीमा विस्फोट हुँदा नेपाली युवकको मृत्यु

0

पुणे । भारतको पुणेस्थित माभल तालुकाको एक निर्माण कम्पनीमा विस्फोट हुँदा २२ वर्षीय नेपाली युवकको मृत्यु भएको छ । अजयकुमार बजरंगीप्रसाद मौर्य नामका ती युवक भेइकलका स्पेयर पार्ट्स बनाउने उक्त निर्माण कम्पनीको पारण्डवादीस्थित कार्यालय परिसरमा बस्दै आएका थिए प्रहरीका अनुसार, गएको बिहीबार खाना पकाउन स्टोभको चुल्हो बाल्न उनी केही केमिकल प्रयोग गरिरहेका थिए । त्यसक्रममा त्यो पदार्थ पड्किएको थियो...

एकिकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

0

काठमाण्डौ ! नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले पूर्णता पाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हिजो बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो। यस पछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ...

टिआर्सी विधेयकमा जुट्यो सहमती, टुंगियो त अब सङ्क्रमणकालीन न्याय

0

काठमाडौं ! 2052 साल फाल्गुन देखि सुरु भएको दश वर्ष लामो माओवादी जनयुद्ध र राज्यपक्षको दमनको समयमा भएका द्वन्दकालीन मानव अधिकार हननका घटनालाई सम्बोधन गर्ने गरी विधेयक (टीआरसी)का विवादित चार बुँदामा सहमति जुटेको संसदको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले जनाएको छ । यसअघि उक्त समितिले सहमति हुन बाँकी चार बुँदालाई थाँती राख्दै प्रतिवेदन वुझाएको थियो। उक्त प्रतिवेदनमा...

नक्कली भुटानी शरणार्थी प्रकरण : झा पक्राउ गर्ने विशेष ब्युरो डिआईजी केसी सरुवा

काठमाडौं! नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरी बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका डिआईजी मनोज केसीलाई सरकारले सरुवा गरेको छ । काँग्रेस  एमाले गठबन्धन पछि  बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रहेका रमेश लेखकले उनलाई सरुवा गरेका हुन्। कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा समेत संलग्न रहेको आरोप लागेको उक्त प्रकरण छानविनका लागि...

सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट दुर्घटनाग्रस्त

काठमाडाैँ ! सौर्य एयरलाइन्सको कलसाइन ९ एन–एएमई जहाज ‘सी–चेक’ (पूर्ण परीक्षण) का लागि पोखरा जान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट दुर्घटनाग्रस्त भएको छ। विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले ‘क्लियर अफ टेकअफ’ अर्थात उडान अनुमति दिएपछि जहाजले धावनमार्ग ०२ बाट उडान भरेको २० सेकेण्ड मै दुर्घटना भएको हो । एटीसीले उडान अनुमति दिनेबेलासम्म जहाजमा कुनै...

नेकपा संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस मनाइँदै

काठमाण्डौ ! नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी  पुष्पलालको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाईएको छ । कार्यक्रममा...

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौतीहरु थपिँदै

काठमाडौं ! मानव बेचबिखन तथा ओसारपसारका नयाँ स्वरुप र आयामहरु नियन्त्रणका लागि यसविरुद्ध काम गर्ने सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संघसंस्थाहरुबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। आइतबार डेमोक्रेसी मिडिया नेटवर्कले काठमाडौंमा आयोजना गरेको “मानव बेचबिखन तथा ओसारपसारको अवस्था, प्रवृत्ति, चुनौती र नियन्त्रणका प्रयासहरू” विषयक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक तथा ब्युरोका प्रवक्ता गौतम मिश्रले...

माओवादी सहित तीन दलले विश्वासको मत नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्र, सहित तीन दलले राष्ट्रिय एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत नदिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका...

अर्थमन्त्री नियुक्ती हुनेदिन नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं ! नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक नकारात्मक भए सँगै पछिल्लो समय बजार बढ्ने आंकलन गरिएको भए पनि घटेको हो ।