आईसीसी टी–२० विश्वकप २०२४ मा आज बङग्लादेश र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं जेठ ३१ ! आईसीसी टी–२० विश्वकप २०२४ मा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा नेपाली समयअनुसार बेलुका ८ : १५ बजे बाट शुरु हुनेछ । दुवै देशका लागि यस खेल जित्नैपर्ने दबाब रहेकोछ l यसअघि दुवै देशले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बङग्लादेशले श्रीलङ्कालाई पराजित गरेको थियो भने...
झुट्टा विवरण पेश गरी नागरिकता लिने खोज्ने तीन भारतीय नागरिक पक्राउ
काठमाडौँ जेठ ३१ ! झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने ३ जना भारतीय नागरिक पक्राउ परेका छन् l पक्राउ पर्नेमा भारत घर भइ हाल कामनपा वडा नं १४ बस्ने बर्ष ५१ का हरियोम गुप्ता भन्ने हरियोम कुमार, सोही स्थान बस्ने २० बर्षिय ऋषि गुप्ता र सोही स्थान बस्ने १८ बर्षे हर्ष गुपा रहेका छन् l हर्ष गुप्ता र ऋषि...
जनता समाजबादी पार्टी, नेपालको आज निर्बाचन
धनुषा जेठ ३१ ! उपेन्द्र यादवले नेतृव गर्नुभएको जनता समाजबादी पार्टी नेपालको अध्यक्ष निर्बिरोध निर्वाचित भएपछी अन्य सबै पदमा निर्बाचन हुने भएको छ l अध्यक्ष पदमा एक मात्र उमेद्वारी परेपछि यादब भने निर्बिरोध निर्वाचित हुनुभएको हो l आज जनकपुरमा १४०० भन्दा बढी प्रतिनिधि रहेको महाधिवेशनमा पदाधिकारी सहित २०१ सदसिय केन्द्रीय कमिटिको मनोनयन दर्ता भएको छ l पदाधिकारीमा सह अध्यक्षमा लालबाबु...
वर्षाका कारण खेल रद्द, श्रीलंका विश्वकपबाट लगभग बाहिरियो
एजेन्सी जेठ ३० ! आईसीसी विश्वकप टी-२० क्रिकेट २०२४ समुह डी अन्तर्गतको हुने भनिएको आजको नेपाल र श्रीलङ्का बिचको खेल वर्षाको कारण रोकिएको छ । खेल रोकिए सँगै दुबै देशले अंक बाँडेका छन् र टेष्ट राष्ट्र श्रीलंका भने विश्वकप लभगभ बाहिरिएको छ । वासआउटले श्रीलंकाका लागि चीजहरू अझ गाह्रो बनाएको छ। उनीहरुको सुपर ८ चरणमा पुग्ने सम्भावना...
भरत ताल निर्माणमा भ्रष्टचार भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर
काठमाडौँ जेठ २९ ! सर्लाहीको बाग्मती नगरपालिकामा निर्माण भएको भरत तालमा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना बिरुद्द मुद्दा दायर गरेको छ l आयोगद्वारा मंगलबार बाग्मती नगरप्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालिन प्रशाकीय प्रमुख अधिकृत बिमलकुमार पोख्रेल, तत्कालिन योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत बिश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख...
नेपाल र श्रीलंकाबिच कडा प्रतिस्पर्धा
एजेन्सी जेठ २९ ! आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको २३ औं क्रीकेट खेल जुन १२ अर्थात् बुधबार बिहान ५:१५ मा नेपाल र श्रीलङ्का बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस खेल अमेरिकाको फ्लोरिडा स्थित ब्रोवार्ड काउन्टी स्टेडियममा हुनेछ। यस खेल अरु खेलहरु भन्दा निकै रोमाञ्चक हुने देखिएको छ। किनभने पहिलो पटक अन्तराष्ट्रिय स्तरमा नेपाल र श्रीलङ्का आमुन्ने सामुन्ने...
टी-२० विश्वकपमा बङ्गलादेश ४ रनले पराजित
न्युयोर्क जेठ २९ ! टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्राको क्रममा बङ्गलादेशलाई ४ विकेटले पराजित गरेको छ। सोमबार नसाउ काउन्टी मैदानमा भएको समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा...
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
काठमाडौं जेठ २९ ! सोमबार काठमाडौंको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न एकजना ब्यक्ती पक्राउ गरेका छन्। चोरीमा संलग्न रसुवाको आमाछोदिङमो गाउँपालिका ३ गलतान घर भई हाल कामनपा कपुर धारा बस्ने १९ वर्षिय सागर तामाङ्गलाई पक्राउ गरेको हो। मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बा ८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा तामाङ्ग लाई पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। हराएको मोटरसाइकल रित्तिक थापाको...
भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डको प्रेस विज्ञप्ती
काठमाडौं जेठ २८ ! भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले प्रेस विज्ञप्ती जारी गर्दै भ्रमणमा भएका उपलब्धी सार्वजनिक गर्नु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि...
१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पक्राऊ
काठमाडौं जेठ २८ ! १२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना शिक्षक काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्लाका केही परीक्षा केन्द्रमा परीक्षापत्र मेसेन्जर, ह्वाट एप्स लगायतबाट सार्वजनिक गरेको आरोपमा दुई जना शिक्षक पक्राउ गरेको हो। पक्राउ पर्नेमा बागलुङ जिल्ला ग्वालीचौर ८ घर भई हाल ललितपुर उ.म.न.पा १८ बस्ने वर्ष ३१ को केशव घिमिरे र पाल्पा रिदिकोट...














