वाइसिएल नेपाल पुन: २०६४ को अवस्थामा फर्कने शेर्पालीको उद्घोष
काठमाडौँ भदौ ७ ! नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका नवनिर्वाचित अध्यक्ष सुबोधराज शेर्पालीले वाइसिएल नेपाल पुन: २०६४ को अवस्थामा फर्कने उद्घोष गरेका छन् l राजधानीमा तिनदिन लामो दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले मंगलबार सपथ ग्रहण लिने क्रममा निर्देशन दिदै यस्तो बताएका हुन् । साथै वाइसिएलमा तेतिबेलाको जस्तो जुनुन आवश्यक रहेको...
वाईसिएल अध्यक्षमा शेर्पाली र महासचिवमा शाही
काठमाडौं भदौ ६ ! नेकपा (माओवादी केन्द्र) निकट सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा सुवोधराज शेर्पाली चयन हुनुभएको छ । बाघ सङ्गठनको रुपमा पहिचान बनाएको वाइसीएल नेपालले काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले श्रीपालीलाई अध्यक्ष र महासचिव पदमा गणेश साहिलाई चयन गरेको हो । वाईसीएल नेपालको अध्यक्षमा सुबोधराज शेर्पाली मात्र आकांक्षी रहे पनि महासचिव पदका प्रत्यासी ज्ञानबहादुर गुरुङ, गणेश...
नेता गिरिको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति : प्रचण्ड
काठमाडौं भदौ ५ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। केही दिन अघि मात्र ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेर लामो समयदेखि उपचार गराईरहेका गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। वक्तव्यमा भनिएको छ "नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व...
वाईसिएल नेपालले शनिवार वित्तिय साक्षरता कार्यक्रम गर्दै
काठमाडौं साउन २८! नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसिएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उदेश्य सहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । शनिवार राजधानीको के एल टावर स्थित हलमा तालिम सञ्चालन हुने बताइएको छ। युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन्नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाईसिएल...
वाईसीएलले तय गर्यो, राष्ट्रीय भेलाको नारा ! तिब्र पार्दै तयारी,
काठमाडौँ साउन २३ ! नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले दोस्रो रास्ट्रिय भेलाको नारा तय गरेको छ l आज संगठनकाे केन्द्रीय कार्यालय काेटेश्वर पेरिसडाँडामा नेकपा (माअाेवादी केन्द्र )केन्द्रीय सदस्य तथा वाइसिएल संयोजक सुमन देवकोटाको अध्यक्षतामा नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा वाइसिएल नेपाल इन्चार्ज रामप्रसाद सापकोटा "दीपशिखा" को बिशेष उपस्थितिमा बसेको दाेश्राे...
शनिवारको दिन बन्यो पत्रकारको राष्ट्रीय परिचयपत्र
ललितपुर साउन २१ !पत्रकार महासंघ ललितपुरको पहलमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य सम्पन्न भएको छ । अन्य समयमा भीडभाड हुने भएकाले शनिवारको दिन पारेर पत्रकारहरुको राष्ट्रीय परिचयपत्र वितरण गर्न सहजीकरण गरीएको नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिनुभयो। परिचय पत्र नेपाल पत्रकार महासंघ ललितपुर शाखा र जिल्ला प्रशासन कार्यालय ललितपुरको समन्वयमा गरीएको हो। अन्य दिनमा पत्रकारहरु व्यस्त रहने र...
काठमाडौँमा भूकम्पको ठुलो धक्का महशुस
काठमाडौँ साउन २१। काठमाडौं उपत्यकामा शनिबार बिहानै भूकम्पको ठुलो धक्का महसुस भएको छ। शनिवार विहान ५: २५ मा भूकम्पको धक्का महसुस भएको हो। नुवाकोटको बेलकोट केन्द्र बिन्दु भएर ४. ३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको छ।
सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधी सभाको निर्वाचन गराउने
काठमाडौँ साउन १९ ! सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको सकारका प्रवक्ता एबम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ । गठबंधन दलको बैठक पछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस पेस...
चीनको युद्दाभ्यासबाट विश्व भरी हलचल, हवाई क्षेत्रको बाटो परिवर्तन
एजेन्सी साउन १९ ! रोयटर्सले गरेकाे रिपोर्ट अनुसार चीनको पूर्वी थिएटर कमाण्डले योजनाबद्ध अभ्यासको भागको रूपमा आज ताइवानको पूर्वी तटको पानीमा परम्परागत मिसाइलहरूको धेरै प्रहार पूरा गरेको छ। गोलाबारी पूरा भएपछि प्रासंगिक समुद्री र हवाई क्षेत्र नियन्त्रण हटाइयो, पूर्वी थिएटर कमाण्डका प्रवक्ताले एक विज्ञप्तिमा भने। हामीले पहिले अभ्यासका कारण 900 पुनरुत्थान उडानहरूको दाबीमा रिपोर्ट गरेका थियौं। ताइवानको यातायात विभागले स्थानीय सञ्चारमाध्यममा...
माओवादीले ल्याएको एजेन्डामा देश हिडेको भए पनि जनतामा प्रचार नभई बिरोधि दलहरुले दुस्प्रचार गरेको : देवकोटाको आक्रोस
काठमाडौँ साउन १८ ! नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन वाईसिएल नेपालले सुदूरपश्चिम प्रदेश कमिटिको दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ l बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल् नेपाल संयोजक सुमन देवकोटाले माओवादीले ल्याएको एजेन्डामा देश हिडेको भए पनि जनतामा प्रचार नभई बिरोधि दलहरुले दुस्प्रचार गरेको बताउनुभयो l बैठकमा बोल्दै संयोजक देवकोटाले नीतिगत...














