नेपालका कृषि मेशिनरी उत्पादक तथा बिक्रेताहरुले प्रकाशन गरेको कृषि मेशिनरीहरुको अधिकतम खुद्रा मुल्य (MRP) को विवरण
नेपालका कृषि मेशिनरी उत्पादक तथा बिक्रेताहरुले प्रकाशन गरेको कृषि मेशिनरीहरुको अधिकतम खुद्रा मूल्य तोकेका छन् l कृषि उत्पादन गर्दा लाग्ने विभिन्न खालका औजारहरू को अधिकतम (MRP) मुल्य तोकिएकोले कृपया कृषकहरुले यसैलाई आधार मानेर खरिद गर्न सकिने नेपाल कृषि तथा पशिपन्छी विकास मन्त्रालय कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रबर्द्धन केन्द्रले जानकारी दिएको छ l MRP Agri Machineries_1618569531
ठाकुर महतो पक्षले 8 मन्त्रालय पाउने
काठमाण्डौ । जसपा ठाकुर महतो पक्षले आठ मन्त्रालय समाल्ने भएका छन । प्रधानमन्त्रीसँग अहिले रक्षासहित ८ वटा मन्त्रालय खाली छन्। गृह, जलस्रोत तथा ऊर्जा, सहरी विकास, श्रम तथा रोजगार, युवा तथा खेलकुद, खानेपानी, उद्योग, वाणिज्य तथा आपपूर्ति मन्त्रालय मन्त्रीविहीन छन्। यिनै मन्त्रालय ठाकुर–महतो पक्षलाई दिन ओली तयार भएको स्रोतले बतायो।नागरिक दैनिकबाट
आत्मबल बढाउन सङ्क्रमितका घरघरमा स्वास्थ्यकर्मी सहित नगरप्रमुख !
कोरोना सङ्क्रमण भएर होमआइसोलेशनमा बसेकाहरूको हौसला बढाउन कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी स्वास्थ्यकर्मीको टोलीसहित सङ्क्रमितका घरघरमा पुगेपछि आफूहरूमा सकारात्मक ऊर्जा आएको सङ्क्रमितहरूले बताएका छन् । कोरोना सङ्क्रमणको दोस्रो चरणका कारण प्रभावित बनेको कैलालीमा सङ्क्रमणको दर केही घटे पनि रोकिन सकेको छैन भने मृत्युको क्रम घटेको छैन । सक्रिय सङ्क्रमित होमआइसोलेशनमा बस्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड, ध्यान दिनुपर्ने खानपिनको जानकारी...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्ता परिवर्तन हुनसक्ने
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका एक सहयोगी मित्रले भने इजरायली नेताका विपक्षीहरूसँग मिलेर गठबन्धनको सरकार गठन गर्ने प्रयास गरिनेछ l लामो समयदेखि प्रधानमन्त्रीको शासनको अन्त्य गर्ने दिशामा कडा कदम चालेको बताएका थिए। साना कट्टरपन्थी यमीना पार्टीका नेता नफ्ताली बेनेटले नाटकीय घोषणा गरेपछि आउँदो हप्तामा नेतान्याहू र उनको प्रभावशाली लिकुड पार्टीलाई विपक्षी दलमा धकेल्न सक्ने विभिन्न चरणहरूमा कुरा भएको बताए। बेनेट र उनका नयाँ...
कहिले लयमा आउला कोरोनाबाट प्रभावित फिल्म क्षेत्र ??
काठमाण्डौ l फिल्मी क्षेत्रमा लागेका कलाकारहरु पर्खाईसंगै प्रश्न, कोरोनाको कहरबाट लामो समय देखि प्रभावित फिल्मी क्षेत्र कहिले देखि सामान्य होला ? फिल्म हेर्ने र मनोरन्जन लिन चाहनेहरुको लागी पट्यारलाग्दो बन्दै गएको छ l हुनत बिश्व नै कोरोनाबाट प्रभावित छ l तर अरु क्षेत्रको तुलनामा सबैभन्दा फिल्म क्षेत्र प्रभावित भएको देखिन्छ l सार्वनिक सवारी पुनः सन्चालनमा आउने कुनै पनि सुइँको...
रक्षक नै भक्क्षक भएका छन : नेतृ झाक्री
नेकपा एमालेकी युवा नेत्री रामकुमारी झाक्रीले राष्ट्रपति संस्था संबिधानको संरक्षक र कानूनको परिपालक भएको बताएकी छिन । राष्ट्रपतिले संबिधान र कानूनको सिमा मिचेर कार्यकारीको रबर स्टाम्प भई संस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाईन । साथै गणतन्त्र प्रति नकारात्मक भावना बढेको र हामीले लडेर ल्याएको ब्यवस्था ध्वस्त पार्न सक्ने खतरा रहेको समेत बताईन । उनको भनाइ थियो 'लोकतन्त्रमा व्यक्तिको बिकल्प...
पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमणमुक्त : कोरोना अपडेट
काठमाण्डौ l नेपाल भर आज गरिएको १५ हजार ५५ जना पिसिआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कुल संक्रमित संख्या ५ लाख ६१ हजार ३०२ छन्...
बैधता गुमाएको सरकारको बक्तब्यहरुको फेहरिस्त मात्र : नेपाली कांग्रेस
काठमाण्डौ l नेपाली कांग्रस पार्टीको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छाया अर्थमन्त्री मिनेन्द्र रिजालले सरकारले बैधता गुमाउदै गएको बताएका छन् l संसदलाई छलेर ल्याएको बजेट लोकतान्त्रिक मूल्य मान्यता र पद्दति बिपरित भएको बताएका छन् l नेपाली कांग्रेसको छाया अर्थमन्त्री मिनेन्द्र रिजाल द्वारा जारी बिज्ञप्तिमा भने ‘योजना कार्यान्वयन गर्ने क्षमता छैन तर आकाशको जुन तारा नै खसाल्छु भन्ने...
नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’
नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ । अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोष्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज...
प्रतिनिधिसभा विघटनको मुद्दामा प्रवेश नगरी सकियो आइतबारको इजलास
प्रतिनिधिसभा विघटनका मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि प्रश्न उठेपछि आइतबार मूल मुद्दामा बहस भएन । संवैधानिक इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बहस भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु नहुँदै इजलास गठनलाई लिएर प्रश्न उठेको थियो । आइतबार देउवासहितका सांसदका कानुन व्यवसायीले इजलासमा न्यायाधीश केसी र श्रेष्ठको...














