कांग्रेसद्वारा संसद बैठक अबरोध
काठमाडौं जेठ ७ ! प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरुले संसद बैठक अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। विगत केही दिनदेखि गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै रोष्टम घेराउ गर्दै आएका थिए । सर्वदलीय बैठकबाट निकास निकाल्ने प्रयास गरिए पनि...
नीति तथा कार्यक्रमको प्रभाव, बजारमा दैनिक उछाल
काठमाडौं जेठ ७ ! सोमबार प्री ओपन सेसनमा पनि नेप्से परिसूचक सकारात्मक देखियो। धिमी गतिमा रहेको नेप्सेमा एकाएक उछाल आउन थालेको छ । नीति तथा कार्यक्रम पछि नेप्से परिसूचक सकारात्मक देखिएको हो । साप्ताको कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो । यसरी...
बुधबार सुनको भाउ प्रतितोला नौ सय रुपैयाँले बद्धि
काठमाडौं जेठ ७ ! स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९ सय रुपैयाँले बढेर अहिले सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रहेको छ । त्यस्तै, आइतवार प्रतितोला एक लाख ४० हजार दुई सय रुपैयाँमा रहेको तेजाबी सुन अहिले प्रतितोला १ लाख ४१ हजार १ सय...
इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त
कृष्ण पौडेल एजेन्सी, जेठ ७ ! इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ l राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार रहेको हेलिकप्टर दुर्घटना भएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका हुन् l ईरानी सरकारी टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा "जीवनको कुनै सङ्केत नरहेको" बताएको छ। रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर "पूर्ण रूपमा जलेको" जनाइएको हो । उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान...
चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चौंथो पटक विश्वासको मत लिनुहुने भएको छ। अध्यक्ष प्रचण्ड २०७९ पौष ११ गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबंधन गर्दै बनेको सरकार पुनः भत्किएर काँग्रेससँग विश्वासको मत लिनु भएको थियो । नेपाली कांग्रेससँग काम गर्न गाह्रो भएको भन्दै पुनः अहिले एमाले...
पाँच दिने मल्टिमिडिया तथा मोबाईल र अनलाइन पत्रकारिता तालिम सम्पन्न
काभ्रे ! सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा मंगलबार देखि शनिवार सम्म पाँच दिने मल्टिमिडिया तथा मोबाइल र अनलाईन पत्रकारिता तालिम सम्पन्न भएको छ । मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेशका २२ जना र अनलाइन पत्रकारितामा २० जना गरी जम्मा ४२ जना पत्रकारहरुको सहभागिता रहेको थियो। मल्टिमिडिया तथा मोबाइल पत्रकारितामा सहभागीहरुलाई प्रशिक्षक तथा वरिष्ठ फोटो पत्रकार विकास कार्की र...
सरकारले मन्त्रीहरुको सम्पति सार्वजनिक गर्ने
काठमाडौँ । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको छ । निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । यसैगरी स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।साथै मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी...
दुई भारतीय मसला कम्पनीलाई नेपालमा प्रतिबन्ध
काठमाडौं ! चर्चित भारतीय दुई मसला कम्पानिलाई नेपालमा प्रतिबन्ध लगाईएको छ। उक्त कम्पनीबाट उत्पादित वस्तुमा अखाद्य वस्तुको मिसावट पाइएकोले प्रतिबन्धित भएको हो। कम्पनीको गुणस्तरमा विश्वव्यापी प्रतिबन्धित भारतीय एमडीएच र एभरेस्ट ब्र्यान्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा प्रतिबन्ध लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन प्रतिवेदनका आधारमा बन्द गराउन सरकारलाई सिफारिस गरेको छ । भारतका दुई चर्चित...
प्रधानमन्त्रीको हत्या गर्ने प्रयास
एजेन्सी! स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई बुधवार हत्या प्रयास भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। आक्रमण लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो उक्त घटनामा देशलाई स्तब्ध पार्ने हत्याको प्रयासमा पाँच पटक गोली हानिएका थिए। मध्य स्लोभाक सहर ह्यान्डलोभामा अफ-साइट सरकारी बैठक पछि आक्रमण भएको थियो। उक्त संदिग्ध बन्दुकधारी बैठक भएको सांस्कृतिक केन्द्रबाहिरको सडकमा प्रधानमन्त्रीलाई अभिवादन गर्न पर्खिरहेका मानिसहरूको सानो भीडमा रहेको...
पेट्रलियम पदार्थको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रति लिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो...














