आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ जेठ ९ ! नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०० पैसा र बिक्री दर १३३ रुपैयाँ ६० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र...
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौँ जेठ ८ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । कान्तिपुर ग्रुपको कार्यालय थापाथली बाट उनलाई पक्राउ गरिएको हो l आज धनुषा जिल्ला अदालतले उनी बिरुद्द पक्राउ गर्न आदेश गरे पश्चात पक्राउ पुर्जी जारी गरिएकाे थियो । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेको स्रोतले जनाएको छ l जिल्ला...
मंगलबार पनि लगातार शेयर बजारमा उत्साहजनक ढंगको बृध्दि
काठमाण्डौ जेठ ८ ! साताको तेस्रो कारोबार दिन मंगलबार पनि लगातार शेयर बजार उत्साहजनक ढंगले बृध्दि भएको छ । सेयर लगानीकर्ताले खरिद बढाउँदा बजार बढेको छ मंगलबार कारोबार रकम भने घटेको छ । मंगलबार नेप्से २३.९४ विन्दुले बढेर २११५.९४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले...
प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक
काठमाडौँ जेठ ८ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री पुस्पकमल दाहाल 'प्रचण्ड' सहित सम्पूर्ण मन्त्रिहरुको पनि सम्पति सार्बजनिक भएको छ l बिहीबारको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो l प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा...
कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ जेठ ८ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले उनी बिरुद्द पक्राउ गर्न आदेश गरे पश्चात पक्राउ पुर्जी जारी गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकता दुरुपयोगको आरोपमा मुद्दा दायर गरेको थियो l उक्त मुद्दाको आधारमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी माग गरि प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको हो l...
कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दाको आज अन्तिम सुनुवाइ
काठमाडौँ जेठ ८ ! कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको छ l अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुने भएको हो l न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले गत मंगलबार मुद्दाको सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैैमा राख्ने आदेश दिएको थियो l मुद्दा सर्वोच्चमा पुगेकै...
संसदको अवेहलनामा गृहमन्त्री लामिछानेलाई कारबाही गर्न माग
काठमाडौँ जेठ ७ ! उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बिरुद्द संसद्को अवेहलना गरेको भन्दै कारबाही गर्न माग गर्दै निबेदन दायर भएको छ l पुर्व कानुन मन्त्री एबं कांग्रेस उपसभापति तथा सांसद धनराज गुरूङले सोमबार उक्त निवेदन सभामुख देवराज घिमिरेलाई दिनुभएको हो l निबेदनमा गृहमन्त्री लामिछानेले आइतबार सदनमा दिएको अभिव्यक्ति सत्य तथ्य नभएको भन्दै उनीमाथि कारवाहीको माग गरिएको छ l लामिछानेले बोलेको...
खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय बाणिज्य बैंकको सीईओ पदमा पाँचजना सर्टलिस्टेड
काठमाडौं जेठ ७ ! राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ l प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिले आज एक सुचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो l सर्टलिस्टमा पर्नेहरूमा नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बैंककै बहालवाला नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव...
नेताको घरको फोहोर नउठाउने बालेन्द्रको चेतावनी
काठमाडौं जेठ ७ ! काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार लगायत राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्द उनले फाेहाेर उठाउने सवारी चालकहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने बताएका छन् । सोमबार ट्राफिक प्रहरीले काठमाडाैंमा फोहोर बोक्ने सवारीका चालकहरूलाई पक्राउ गरेपछि आक्रोशित हुँदै उनले यस्ताे चेतावनी दिएका हुन् । बालेन लेख्छन्,...
नाराबाजीका बिच विश्वास मत माग्दै प्रम, भने कांग्रेसले मुल्य चुकाउनु पर्नेछ
काठमाडौं जेठ ७ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बावजूद रोष्टमबाट विश्वासको मत माग्नुभएको छ । वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। “आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”













