बैंकिङ क्षेत्रमा अझै सङ्कट गहिरिएर जान सक्ने भन्दै सजग रहन अर्थविद् वाग्लेको आग्रह

काठमाडौं फाल्गुन २४ !राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागी बैंकिङ क्षेत्र सजग रहनु पर्ने बताउनु भएको छ ।  नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रको सुधार गर्न सजिलो अवस्थामा नरहेको भन्दै आगामी अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने अवस्था...

सातै प्रदेशमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ फाल्गुन २४! प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताउनुभएको छ। ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गर्नुभएको हो। सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, “यसैगरी सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा...

शान्ति प्रकृयाको बाकी काम छिटो टुङ्गो लगाउन सरकारलाई वाईसिएलको दबाब, भोली ज्ञापनपत्र बुझाउने

काठमाडौँ फाल्गुन २२! तत्कालिन सात दल र तत्कालिन विद्रोही नेकपा (माओवादी) बिच भएको शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन दबाब स्वरूप देशै भरका प्रमुख जिल्ला अधिकारी, सातै प्रदेश मुख्यमन्त्री र प्रधानमन्त्री प्रचण्डलाई मङ्गलवार ज्ञापन पत्र बुझाउने तयारी गरेको वाईसीएलले जनाएको छ। बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति संझौताको कार्यन्वयन गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने मुद्दालाई ओझेलमा पार्न देशभित्र र बाहिरका केही तत्वहरु...

८ वर्षपछि नेपाल १९ वर्षमुनिकाे विश्व कपमा

काठमाडौँ फाल्गुन १८! आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराउदै फाइनलमा प्रवेश गरेको छ। नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । नेपालले UAE लाई ७ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रन मात्र जोड्न सफल भयो । नेपालका लागि कप्तान देव खनालले...

राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता लियो

0

काठमाण्डौ फाल्गुन १३ ! सघिय सरकारबाट बाहिरिएसंगै  राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिएको छ l राप्रपाले बाग्मती प्रदेश सरकारबाट बाहिरिए संगै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेलको सरकार अल्पमतमा परेको छ l बागमतीमा सरकार बनाउन ६१ सिटको बहुमत पुर्‍याउनु पर्छ। पुस २५ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती...

नेकपा एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपति उमेदवार सुवासचन्द्र नेम्वाङ

0

काठमाडौं फाल्गुन १३ ! नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । शनिवार बसेको एमाले पार्टी सचिवालय बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो । साथै २५ गते हुने राष्ट्रपति चुनावमा नेकपा एमालेले पार्टीको तर्फबाट संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ लाई उमेद्वार बनाउने निर्णय गरेको छ। साथै एमालेले अझै सरकारको गठबन्धन कायम रहेको बताएको छ । बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टी...

लिग बिजेता क्रिकेट खेलाडीलाई जनही दुई लाख दिने सरकारको घोषणा

0

काठमाडौँ फागुन ११ ! प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आइसीसी विश्वकप लिग बिजेता नेपाली टिमलाई जनही दुई लाख दिने घोषणा गर्नुभएको छ 1 बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बधाई दिदै  प्रधानमन्त्री प्रचण्डले पुरस्कार स्वरूप दुइ लाख दिने बताउनु भएको हो 1 खेलमा क्लिन स्विप गरेको भन्दै देशकै गौरब बढाउने काम भएकोमा प्रधानमन्त्री प्रचण्डले खुशी व्यक्त गर्नु भयो 1 अब खेल देशको...

नामिबियाविरुद्ध जारी खेलमा नेपालको तेस्रो सहज जित

0

काठमाडौं फाल्गुन ६ ! नामिबियाविरुद्ध जारी खेलमा नेपालले सहज तेस्रो जित हासिल गरेको छ। त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको हो । जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी शतकीय साझेदारी रह्यो।  

गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

0

 काठमाण्डौ फाल्गुन ३। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु।...

माओवादी केन्द्र र माओवादी समाजवादीले पार्टी एकता गर्ने

0

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ। माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी(सुशील) र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर सहभागी थिए। वार्तामा दुई पार्टीको एकताका बैचारिक आधारबारे खुलेर छलफल भएको र...