९५ प्रतिशत छुटमै पुराना कम्पनी नविकरण
काठमाडौँ साउन ५! दर्ता भएका तर आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका प्राइभेट कम्पनीहरुले २०७९ पुस मसान्तसम्म जरिवाना तथा शुल्कको ५ प्रतिशत रकम मात्रै तिरेर विवरण बुझाई नवीकरण गर्न पाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । जरिवाना तथा शुल्कको ९५ प्रतिशत रकम मिनाहा गरी प्राइभेट कम्पनीहरु नवीकरण...
विदेश भ्रमणमा जाने नेपालीले अब २०० डलर मात्र साट्न पाउने
काठमाडौं साउन ५! नेपाल राष्ट्र बैंकले विदेश भ्रमण गर्ने नेपालीहरुलाई अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही गर्न पाउने गरी परिपत्र गरेका छ। अर्थतन्त्रमा निरन्तर विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो परीपत्र गरेको हो । विदेशी विनिमय कारोबार गर्न इजाजपत् प्राप्त निकायलाई जारी गरीएको एकिकृत परिपत्र-२०८९ मा संशोधन गराउनुहुन विदेशी विनिमय ऐन २०१९ को दफा १२ ले दिएको...
एमाले सांसद नविना लामा भाइरल
काठमाडौं साउन ३ ! बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले कि सांसद नविना लामाले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाउदै गर्दा शल्यक्रिया उच्चारणमा त्रुटी भई सलानकिरा बताए पछि उनी भाइरल भएकी छन् । संसदको शून्य समयमा कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् ।...
वाईसीएलको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौं असार ३१ ! नेकपा माओवादी केन्द निकट भातृ संगठन वाइसीएल, नेपालले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। विभिन्न वहानामा विकृति मौलाउँदै गएको र नैतिकता, जिम्मेवारी बोध नभएको भन्दै जनताको जनचासो सुन्न आग्रह गर्दै राष्ट्र बैंकका बेथिति गभर्नर महाप्रसाद अधिकारी (एम.अधिकारी) को बर्खास्त लगायत समसामयिक सन्दर्भमा गम्भीर ध्यानाकर्षण सहित सम्माननीय प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको वाइसीएल संयोजक सुमन देवकोटाले बताउनुभयो। वाइसीएलले निम्न...
संघीय संसदको उपसभामुखमा पुष्पा भुसाल विजयी
काठमाडौं असार ३१ ! पाँच दलिय गठबन्धन तर्फकी उमेदवार पुष्पा भुसाल उप-सभामुख पदमा नि्वाचित हुनुभएको छ। विजयी भुसालले १४८ र पराजित भट्टराईले ९३ मत ल्याउनुभएको थियो । समानुपातिक सांसद भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको सचेतकक रूपमा संसदीय गतिविधिमा सहभागी हुँदै आउनुभएको छ । उहाँ २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित हुनुभएको थियो । स्नातक र...
गभर्नर महाप्रसाद अधिकारी विरुद्ध वाईसिएलद्वारा अख्तियारमा उजुरी दर्ता
काठमाडौं असार ३० ! नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । माओवादी केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका संयोजक सुमन देवकोटा र सह-संयोजक सुबोध सेर्पाली लगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।...
अपर हेवाखोला हाइड्रोपावरले खुलायो आइपिओ
काठमाडौं असार २५ ! अपर हेवाखोला हाइड्रोपावरले शुक्रवार असार २४ गते शु सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको छ । यस मध्ये ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३० हजार कित्ता...
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानि हत्या
काठमाडौँ असार २५ ! जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे शुक्रबार विहान ११ ः ३० बजे देशको पश्चिमी क्षेत्र नारामा एक चुनावी सभालाई सम्बोधन गरिरहेकाबेला उनलाई पछाडिबाट एक व्यक्तिले गोली हाने । गोली लागेपछि उनलाई हृदयघात भयो र, अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो । गोली हान्ने ४१ वर्षका पुरुषलाइ प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको छ l उनि सेल्फ डिफेन्स फोर्सका पूर्व...
पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहानै पहिरो
काठमाडौँ असार २५ ! पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो गइ सडक अबरुद्द भएको छ l पृथ्वीराजमार्गको खैरेनी-जामुने खण्डमा पर्ने तुर्तुरेमा पहिरो गइ दुवै तर्फ आवतजावत बन्द भएको हो l शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाको कारण पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडक दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी...
अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ साउन २३ ! अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात असार २३ गते अन्तिम दिन रहेको छ। सर्वसाधारणका लागि कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात...














