Home खेलकुद यूरोकपको ट्रफी स्पेनको हातमा

यूरोकपको ट्रफी स्पेनको हातमा

212
0

भरत न्यौपाने

एजेन्सी ! यूरोकप २०२४ मा स्पेनले नयाँ इतिहास रच्न सफल भएको छ। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा आज जुन २५ अर्थात (असार ३१ गते) बिहान १२ः४५ मा सुरु भएको खेलमा इंग्ल्याण्डमाथि रोचक जीत निकाल्दै स्पेनले चौथो पटक यूरोकप जित्ने पहिलो देश बनेको छ।

यूरोकप २०२४ को फाइनल खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ गोलले हराउँदै गर्दै चौथो पटक उपाधि जितेको हो। खेलमा ४७ औँ मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाएको थियो। तर ७३ औँ मिनेटमा इंग्ल्याण्डका कोले पल्मेरले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। खेलको ८६ औँ मिनेटमा मिकेल ओयरजबलले स्पेनका लागि दाेस्राे गाेल गरे। साे गाेल नै फाइनल खेलकाे लागि नै निर्णायक गोल बन्न पुग्यो। अत स्पेनको पोल्टा युरोकप २०२४ पर्यो।

यस अघि स्पेनले सन्१९६४, २००८ र २०१२ मा यूरोकप उपाधि जितेको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here