पेटमा अपच भयो भने के गर्ने ? कारण र उपायहरू

काठमाडौं ! खानपानमा ध्यान नदिँदा चाडबाडको समय धेरै व्यक्तिको पेट सम्बन्धी समस्या देखिने गर्दछ । दशैं तिहारको बेला धेरै खाने चलन पनि रहेको छ। यसबाट सबैभन्दा बढी नेपालीहरु पेटको रोगबाट ग्रसित हुने गर्दछन् । यसमध्ये अपच हुने पनि एक महतत्वपूर्ण रोग हो। हामीले खाएका खाना पचाउन शरीरको भित्री अंगहरु आमासय, आन्द्रा, पाकथैली र मुखमा र्‍याल […]

Continue Reading

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको स्वास्थ्यमा थप समस्या

काठमाडौँ जेठ १५ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई स्वास्थ्यमा समस्या देखिएको कारण  हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । जेठ १२ गते सामान्य समस्या देखिएपछि अस्पाताल लागिएको थियो l चार दिनदेखि प्रहरी हिरासतमा रहेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या आएको हो lउनलाई  उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेको उनी निकट स्रोतको भनाइ छ […]

Continue Reading

प्रधानमन्त्रीको राजीनामा माग्दै डा.गोबिन्द केसीको आमरण अनशन

काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै डा.गोबिन्द केसीले आमरण अनशन सुरु गर्नुभएको छ l शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेको उल्लेख छ l निष्पक्ष रुपमा र द्वन्द्व पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा […]

Continue Reading

सातै प्रदेशमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ फाल्गुन २४! प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताउनुभएको छ। ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गर्नुभएको हो। सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, “यसैगरी सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात […]

Continue Reading

डेंगुका कारण हालसम्म ज्यान गमाउनेहरुको संख्या ३२ पुग्यो

काठमाडौं असोज ११ ! पछिल्लो समय देशभर डेंगुका कारण ज्यान गमाउनेहरुको संख्या ३२ पुगेको छ । डेङ्गुको बिरामीको संख्या बढ्दो क्रममा छ । साउन देखि नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ५४३ जनामा संक्रमण देखिएको छ । मन्त्रालय का अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, […]

Continue Reading

नेता गिरिको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति : प्रचण्ड

    काठमाडौं भदौ ५ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। केही दिन अघि मात्र ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेर लामो समयदेखि उपचार गराईरहेका गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। […]

Continue Reading

नयाँ थप २२ जना कोरोना संक्रमण पुष्टि

काठमाण्डौ जेष्ठ २७ ! नेपालमा पछिल्लो २४ घण्टामा  थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५५ जनाको पीसीआर र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने  देशभर हाल ११२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

प्रचण्डको स्वस्थ्यमा समस्या

काठमाण्डौ भदौ ४ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ हुनुभएको छ । सामान्य रुघा, खोकी र जोरो आएको सचिवालय स्रोतले जानकारी गराएको छ । साथै पीसीआर परीक्षण समेत गराइएको र कोभीड नेगेटिव आएको जानकारी गराइएको छ ।

Continue Reading

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२

काठमाडौं २१ साउन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ l पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको […]

Continue Reading

पछिल्लो २४ घन्टामा ५,२९३ जना कोरोना संक्रमित निको भए

काठमाडौँ जेठ २७ l पछिल्लो २४ घन्टामा  ५ हजार २ सय ९३ जना कोरोना संक्रमित सन्चो भएर घर फर्केका छन् l यसै गरी पछिल्लो २४ घन्टामा देशभर ३ हजार सात सय ४९ जना कोरोना संक्रमित थपिएका छन् l यस्तै थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l हालसम्म नेपालमा […]

Continue Reading