Home मुख्य पुँजी बजार सुधारमा सरकार सकारात्मक, आवश्यक कदम चाल्न अर्थमन्त्रीको निर्देशन

पुँजी बजार सुधारमा सरकार सकारात्मक, आवश्यक कदम चाल्न अर्थमन्त्रीको निर्देशन

54
0

काठमाडौं — अर्थ मन्त्रालयमा भर्खरै सम्पन्न उच्चस्तरीय छलफलमा पुँजी बजारको सुधार र विकासका लागि सरकार पूर्ण रूपमा सकारात्मक रहेको बताइएको छ। उक्त छलफलमा अर्थमन्त्री, राजस्व सचिव, धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।

छलफलका क्रममा अर्थमन्त्रीले पुँजी बजारलाई सुदृढ, पारदर्शी र लगानीकर्तामैत्री बनाउने दिशामा आवश्यक नीतिगत तथा संरचनागत सुधार गर्न जोड दिनुभयो। उहाँले यसका लागि के–कस्ता सुधार आवश्यक छन् भन्ने विषयमा विस्तृत अध्ययन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ।

अर्थमन्त्रीले वर्तमान सरकार निजी क्षेत्र, पुँजी बजार तथा लगानीकर्ताप्रति संवेदनशील रहेको उल्लेख गर्दै बजारमा फैलिने अनावश्यक हल्ला र अफवाहबाट सचेत रहन सबै पक्षलाई आग्रह गर्नुभयो।

सरकारको यस प्रतिबद्धतासँगै पुँजी बजारमा सुधारको अपेक्षा गरिएको छ भने लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here