Home अर्थ बजार नेप्से ५.८२ अंकले बढ्यो, कारोबार ८ अर्ब ८१ करोड

नेप्से ५.८२ अंकले बढ्यो, कारोबार ८ अर्ब ८१ करोड

23
0
Screenshot

भरत  न्यौपाने

काठमाडौँ – नेपाली सेयर बजार मापक NEPSE Index बिहीबार ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कुल ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभरिमा १ लाख ३ हजार २२५ पटक खरिद–बिक्री हुँदा ३२८ कम्पनीका सेयर कारोबारमा आएका थिए।

कारोबारमा आएका कम्पनीहरूमध्ये १२० वटाको मूल्य बढेको छ भने १९२ वटाको घटेको छ। १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ६ कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ। ती सबै हाइड्रोपावर समूहका कम्पनीहरू हुन्।

ब्रोकरगत कारोबारमा पनि खरिद चाप उच्च देखिएको छ। ब्रोकर नं. ५८ ले ५५ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिद गर्दा ४५ करोड ९७ लाख रुपैयाँको बिक्री गरेको छ। Vision Securities Pvt. Ltd. ले ३४ करोड ४१ लाख खरिद र ३१ करोड ९० लाख बिक्री गरेको छ।

त्यस्तै Imperial Securities Company Pvt. Ltd. ले ३२ करोड १३ लाख खरिद र ३१ करोड ९२ लाख बिक्री गरेको छ भने Soni Securities Company Pvt. Ltd. ले ३० करोड ३ लाख खरिद र २९ करोड ३६ लाख बिक्री गरेको छ। एबीसी सेक्युरिटिजले ३६ करोड ५९ लाख खरिद गर्दा १९ करोड २७ लाख मात्रै बिक्री गरेको छ।

शीर्ष ब्रोकरहरूमा देखिएको उच्च खरिद चापले बजारमा लगानीकर्ताको विश्वास बढ्दै गएको संकेत गरेको छ। विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा देखिएको यस्तो प्रवृत्तिले बजारमा थप सुधारको सम्भावना देखिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here